सिन्धुपाल्चोककाे बलेफीमा दुर्इ गठबन्धनबीच भएकाे झडपमा गाेली चल्याे

सिन्धुपाल्चाेक, १० मंसिर । सिन्धुपाल्चाेककाे बलेफीमा दुर्इ पक्षबीच भएकाे झडपमा गाेली चलेकाे छ । आइतबार दिउँसो कालिका प्राथमिक विद्यालय बलेफीमा रहेकाे मतदान केन्द्रमा वाम गठबन्धन र लाेकतान्त्रिक गठबन्धनकाबीच झडप भएकाे हाे ।

झडपलार्इ नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएकाे बताइएकाे छ । दुई पक्षबीच झडप भएपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको एसपी मोहन पोखरेलले जानकारी दिएका छन् ।

गोली चलेपछि त्यस क्षेत्रको अवस्था तनाबग्रस्त बनेको छ । मतदाताहरु फटाफट घरतर्फ लागेका छन् । मतदानस्थलमा अहिले सुरक्षाकर्मी र निर्वाचन कार्यालयका कर्मचारीहरु मात्र रहेको त्यहाँबाट हाम्रा सम्बाददाताहरुले जनाएका छन् ।

उक्त क्षेत्रमा पूर्व संचार मन्त्रि अग्नीप्रसाद सापकोटा बाम गठबन्धनबाट र हालका संचारमन्त्री मोहन बस्नेत लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको चुनाबी दौडमा छन् l

Loading...