भक्तपुरकी कोरोना संक्रमित महिलाको आज बिहानै पाटन अस्पतालमा मृत्यु

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार ६१ वर्षीया महिलाको आज (मंगलबार) बिहान मृत्यु भएको हो। गत साउन २१ गते पाटन अस्पतालमा भर्ना भएकी उनी भक्तपुर सूर्यविनायककी बासिन्दा रहेकाे विज्ञप्तिमा उल्लेख छ।

संक्रमणदर सबैभन्दा बढी राजधानीमा, फेरि थपिए १७२ संक्रमित

काठमाडौं‌, ३२ साउन । राजधानी काठमाडौंमा देशभरमा सबैभन्दा बढी संक्रमित लगातार देखिएका छन् । कोरोना भाइरसको संक्रमण दर पछिल्लो समय काठमाडौं उपत्यकामा छ । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएकोमा काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका हुन् । यसअघि शनिवार काठमाडौंमा १२७ जना संक्रमित भेटिएका थिए । त्यसमध्ये काठमाडौं […]

प्रहरीले सम्हाल्न नसकेपछि लकडाउन कार्यान्वयन गर्न विरगञ्जमा सेना परिचालन

काठमाडौं, ३२ साउन । समुदायस्तरमै काेराेना फैलिएपछि लगाइएकाे लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेपछि पर्साकाे सदरमुकाम विरगञ्जमा सेना परिचालन गरिएकाे छ । जिल्ला सुरक्षा समिति पर्साले वीरगन्ज क्षेत्रमा जारी लकडाउन थप कडा बनाउन सेना परिचालन गर्ने निर्णय गरेकाे हाे । नेपाल प्रहरी मात्र प्रयाप्त नभएकाे निष्कर्षमा पुगेर सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णयमा पुगेकाे बताइएकाे […]

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र प्रसूति विभाग प्रमुखलाई कोरोना संक्रमण

चितवन । चितवनकाे भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी र प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेललाइ काेराेना संक्रमण भएकाे हाे । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालको फेसबुक पेजमार्फत प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीसहित अस्पतालका तीन डाक्टर र एक […]

राजधानीमा थपिए १२७ संक्रमित, काठमाडौंमा मात्र १११

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले नयाँ संक्रमितकाबारे जानकारी दिदै उपत्यकामा संक्रमण दर तीब्र रहेकाे बताएकाे छ । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैंमा संक्रमण दर बढ्दाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १११ जना संक्रमित फेला परेका छन् । त्यसैगरी ललितपुरमा ११ […]

कोरोना लागेपछि दुई बैंक गरिए सिल

गुलरिया । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि दुई बैंक सिल गरिएको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड र बर्दियाकै बढैयाताल गाउँपालिकामा रहेको सिटिजन बैंक लिमिटेडको शाखा कार्यालय सिल गरिएको हो । उक्त बैंकमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि सिल गरिएको बताइएको छ । अहिले ती दुबै बैंकका शाखाबाट कुनै कारोवार […]