भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा चैत २२ देखि महोत्सव

भक्तपुर । नयाँ वर्ष एवं बिस्का पर्वको अवसर पारेर भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा ‘८औं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको हो । शनिवार पत्रकार सम्मेलन गर्दै आयोजकले सोबारे जानकारी गराएका हुन् । औद्योगिक […]

भक्तपुरस्थित १०८ रोपनीमा १५ हजार बढीको आश्रय

संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा शनिवारबाट शुरु हुने दुई दिने ‘२३ औं निरंकारी सन्त समागम’ मा सरिक हुन मानिसहरु भेला भएपछि खुला चौरमा बेग्लौ रौनक […]

गठबन्धन प्रभाव : मन्त्रीसंगै देखिए महेश बस्नेत

 भक्तपुर । बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री दुलालले आफ्नो कार्यकालमा बागमती प्रदेश भित्र दीर्घकालीन महत्वका धेरै ठुला योजनाहरु सम्पन्न हुने जानकारी गराउदै […]

गठबन्धनकै पक्षमा भक्तपुर कांग्रेसका सभापति एवं सांसद दुर्लभ थापा

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)संग आफ्नो सहकार्य जारी रहने जनाएका छन् । केन्द्रमा गठबन्धन टुटेपनि जिल्लामा आफूले गठबन्धन नतोड्ने उनले बताएका हुन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भई प्रतिनिधि सभा सदस्य निर्वाचित भएको भन्दै उनले आफू एक्लै […]

आयुर्वेद चिकित्साप्रति बिदेशी पर्यटक आकर्षित

 भक्तपुर । पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो । भक्तपुरको कमलविनायकस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रहेका डा नरेन्द्रप्रसाद गिरीले बिदेशी पर्यटकहरु उपचारका लागि आउनेगरेका जानकारी गराए । […]

भक्तपुरमा मोटरसाइकल दुर्घटना : पछाडि सवारको गयो ज्यान, चालक सकुशल

गएराति छ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय मणिराज घिमिरेको ज्यान गएको छ । राति करिब पौने १ बजेको समयमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेबीस्थित आकासे पुल नजिकै दुर्घटना भएको हो । सूर्यविनायकबाट सल्लाघारी तर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३२ प. ३३१३ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी […]

अपराजित रहँदै वडा नं. ९ ले जित्यो मध्यपुर थिमि वडा लिगको उपाधी

साविक विजेता वडा नं. ९ ले अपराजित रहँदैं लगातार दोस्रो पटक मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको उपाधी जितेको छ । ७ औं चरणमा उपाधी पक्का गरिसकेको वडा नं. ९ ले बिहिवार सम्पन्न अन्तिम खेलका वडा नं. १ लाई २–१ ले हराउँदैं अपराजित यात्रा कायम राख्दै उपाधी जितेको हो । मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा […]

दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय भवन बन्ने, सांसद थापाले गरे शिलान्यास

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ स्थित दिव्यश्वरी मन्दिर परिसरमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । मन्दिर परिसरको गुरुयोजना अनुसार चार तले उक्त भवन निर्माण हुने भएको हो । उक्त बहुउद्देश्यीय सामुदायिक भवनको बुधवार आयोजित विशेष कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख […]

मध्यपुर थिमिमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका बाट संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बीच त्रिपक्षीय सम्झौता भएको हो । अस्पतालमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र […]

यस्तो बन्यो भक्तपुरको गौरवको योजना : २५ गते उद्घाटन

१२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्जीवन दिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु(भाज्या पोखरी) पुनर्निर्माणको काम सम्पन्न भएको वडासदस्य सूर्यप्रसाद श्रेष्ठले जनाएका छन् लक्ष्मीनारायण खत्रीको अध्यक्षतामा रहेको उपभोक्ता समितिले करिब ३ करोड लागतमा पुनर्निर्माण कार्य […]