सिपाडोल बृहत खानेपानीमा पुन: लाखेमरुकै नेतृत्व

भक्तपुर । भक्तपुरको सिपाडोल बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति उपसमिति १ जगाती भक्तपुरको अध्यक्षमा पुनः तुल्सीनारायण लाखेमरु चुनिएका छन् । शनिबार भएको उपसमितिको १४ औ साधारणसभा तथा दोश्रो अधिवेशनबाट लाखेमरुकै अध्यक्षतामा १३ सदस्यीय नयाँं कार्यसमिति निर्वाचित भएको हो । लाखेमरु यसअघि पनि अध्यक्ष नै थिए । निर्वाचित नयाँं कार्यसमितिको उपाध्यक्षमा सिद्धिराम त्यात, सचिवमा शिवनारायण […]

भक्तपुरका पत्रकार खड्कालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

बाबुराम दाहाल, भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका संस्थापक अध्यक्ष एवं धरहरा टाइम्स साप्ताहिकका सम्पादक रमेश खड्का ‘प्रेस स्वतन्त्रता सेनानी’ सम्मानबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघले २७ औं महाधिवेशनका अवसरमा उनलाई सम्मान गरेको छ । शुक्रवार राष्ट्रिय सभा गृहमा सम्पन्न महासंघको महाधिवेशनमा प्रमुख अतिथि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार खड्कालाई […]

झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । मध्यपुर थिमि- ८ बोडे स्थित फुर्सेलमा खगेन्द्र पराजुलीको निर्माणधीन साढे ३ तल्ला पक्की घरको दोस्रो तल्लाको बाहिरी वालमा झ्याल हाल्ने क्रममा लडी मजदुरको ज्यान गएको हो । ज्यान गुमाउनेमा बारा महागढी नगरपालिका वडा नं. ७ घर भई हाल भक्तपुरको कौशलटार […]

भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई मजदुरको ज्यान गएको हो । चाँगुनारायण -४ खनालचोक स्थित सेतोमाइक्रो पार्क नजिकै दिउँसो करिब साढे १ बजे उक्त दुर्घटना भएको थियो । ज्यान गुमाउनेमा सो स्थानमा २ वर्ष देखि टहरा बनाई बस्दै आएका मजदुर २८ वर्षीय सन्देश सुनुवार र उनका […]

भक्तपुरमा गाईको बाच्छो काटेर खाएको आरोपमा काभ्रेका ३ मानिस पक्राउ

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना काभ्रे जिल्लाका हुन् । ताथलीस्थित एक इट्टा भट्टामा काम गर्ने उनीहरुको झ्याउलीमा हेर्दा मासु फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई शुक्रवार साँझ नियन्त्रणमा लिएर आइतबार जिल्ला अदालत पेश गरिएको थियो । अदालतले […]

डलर देखाई ३ लाख ५० हजार ठगी भागेका २ जना पक्राउ

भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा २ जना पक्राउ परेका छन् । गत चैत १ गते रकम ठगी फरार रहेका अभियुक्तलाई बिहीवार भक्तपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी वृत्त थिमिमा परेको उजुरीको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले उक्त घटनामा संलग्न भएको भन्दै सिन्धुपाल्चोकको […]

दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण मा परेकी छन् । साङदहस्थित मामा घरमा पढ्न बसेकी सूर्यविनायक -९ पलासेका कबिराज बस्नेतको छोरी चयन बस्नेतलाई शनिवार दिनदहाडै बाघले आक्रमण गरेको हो । वर्ष १४ की चयन घर नजिकैको कोहि नबस्ने खाली घरमा खेल्न जाने क्रममा सोही घर नजिकै […]

चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको छ । खरिपाटीबाट कमलबिनायक तर्फ जादै गरेको बा.प्र. ०२-०२५ प. १४०१ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उनको ज्यान गएको हो । ज्यान गुमाउनेमा मोटरसाइकल पछाडि सवार ओखलढुङगा माने भन्ज्याङ गाउपालिका घर भई हाल भक्तपुरको चाँगुनारायण ७ खरिपाटी बस्ने […]

पत्रकार थापालाई पितृशोक

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको छ । उनका पिता कृष्णबहादुर थापाको निधन भएको हो । ७३ वर्षको उमेरमा बुधवार राति उनको देहान्त भएको पारिवारिक श्रोतले जानकारी गराएको छ । लामो समयदेखि दम, मुटु र मिर्गौला रोगले ग्रसित उनको उपचारकै क्रममा भक्तपुर अस्पतालमा निधन […]

माओवादी आन्दोलनलाई पुनर्जागृत गर्नुपर्नेमा सापकोटाको जोड

भक्तपुर । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले माओवादी पार्टीमात्र नभई आन्दोलन भएको उल्लेख गर्दै आफ्नो वर्गलाई बिर्सदा खुम्चनु परेको बताएका छन् । जनयुद्धको जस्तै त्याग र समर्पण कायम गरी माओवादी आन्दोलनलाई पुनर्जागृत गर्नुपर्नेमा उनको जोड रहेको छ । शनिवार पार्टीको सहायक संगठन वाइसिएलको भक्तपुर नगर सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले युवाहरु समाजवादको दिशामा अघि […]