बागमती प्रदेशका प्रत्येक स्थानीय तहमा एक नमूना स्वास्थ्य संस्था बनाइने, हेर्नुस् नीति तथा कार्यक्रम

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभामा सार्वजनिक गरेको नीति तथा कार्यक्रममा मुख्यतः कृषि, पर्यटन, रोजगार प्रवर्द्धन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार बिकासमा जोड दिइएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रमले आम नागरिकलाई […]

भाषा ऐन विद्यालय तहमा पनि कार्यान्वयन गर्न बजेट विनियोजन गरिने मुख्यमन्त्री लामाको खुलासा

बुद्धशरण शाही, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भाषा ऐन कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार हेटौँडामा पद्यमरत्न लुमन्ति गुथीको आयोजनामा र संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा आयोजित “नेपालभाषाको प्रयोग, प्रचार र प्रवर्द्धन” विषयक विचार गोष्ठीमा बोल्दै उनले विद्यालय तहमा पनि ऐन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिए। […]

आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं । आज बागमती प्रदेशमा सार्बजनिक बिदा रहेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय भएको हो । प्रदेश सभाले सरकारी कामकाजको भाषामा नेपाल भाषा(नेवारी) र तामाङ भाषालाई मान्यता दिने निर्णय गरेपछि आजकै दिन अघिल्लो मुख्यमन्त्री शालिकराम जमकट्टेल नेतृत्वको प्रदेश सरकारले सोको कार्यान्वयन गर्ने निर्णय गर्नुका साथै […]

टोखा चण्डेश्वरी अस्पतालमा सिटिजी सेवा शुरु, हाडजोर्नीको अपरेसन पनि हुने

बागमती प्रदेश सरकार मातहत संचालित काठमाडौको टोखास्थित टोखा चण्डेश्वरी अस्पतालले सिटिजी सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालका अध्यक्ष प्रकाश खड्गीले सो सेवाको उद्घाटन गरेका छन् । CTG (Cardiotocography) सेवा सञ्चालन भएसंगै गर्भवती महिलाको स्वास्थ्य सेवामा सुविधा थपिएको छ । पेटभित्र रहेको बच्चाको मुटुको धड्कनको चाल जाँच तथा बच्चा चले नचलेको अध्ययन गरी बच्चाको खतराको स्थिति […]

चैत १८ मा एमालेको मोटरसाइकल र्याली र जागरण सभा

काठमाडौं । एमाले वाग्मती प्रदेशले सो प्रदेशका सबै वडा र जिल्लामा जागरण सभा गर्ने निर्णय गरेको छ ।  नेकपा एमाले वाग्मती प्रदेश कमिटीद्वारा बिहीबार आयोजित वाग्मती प्रदेश सभा सदस्य, पालिका प्रमुख, उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुखहरूको भेलाले सो निर्णय गरेको हो ।   नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा तथा नेकपा […]

एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानको उद्घाटन

ललितपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियानको शुरूवात गरेका छन् । प्रत्येक नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अभियान सञ्चानन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजना तथा बागमती गाउँपालिकासहित विभिन्न अस्पतालको समन्वय र सहकार्यमा शुक्रवार बागमती-४ प्युटारम आयोजित शुभारम्भ कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री थापाले शिक्षा […]

बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन देखाउदै उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।नुवाकोटबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य समेत रही सकेका लामा २०७९ सालमा वागमती प्रदेश सभा सदस्य उम्मेदवार […]

राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ

२० असार, चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने […]

अब अनलाइनबाटै पटके बाटोको इजाजत पाइने, मन्त्री लम्सालले गरे उद्घाटन

laxman lamsal

भक्तपुर । अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त इजाजतका लागि कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बागमती प्रदेश सरकारले अनलाइन बाटैपटके बाटो इजाजत पत्र उपलब्ध गराउने भएको हो । मंगलवार बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइनबाटै पटके बाटो इजाजत पत्रको शुभारम्भ भएको […]

गठबन्धन प्रभाव : मन्त्रीसंगै देखिए महेश बस्नेत

 भक्तपुर । बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री दुलालले आफ्नो कार्यकालमा बागमती प्रदेश भित्र दीर्घकालीन महत्वका धेरै ठुला योजनाहरु सम्पन्न हुने जानकारी गराउदै […]