बानियाँलाई परास्त गरेका बहादुरसिंह बने काँग्रेसबाट बागमतीमा पहिलो मुख्यमन्त्री

बागमती प्रदेश सरकारको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । मंगलबार प्रदेश प्रमुख यादव चन्द्र शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसदको समर्थन देखाउदै उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।नुवाकोटबाट २०७४ सालमा प्रतिनिधिसभा सदस्य समेत रही सकेका लामा २०७९ सालमा वागमती प्रदेश सभा सदस्य उम्मेदवार भै निर्वाचित भएका हुन् ।

अघिल्लो पटक कांग्रेस संसदीय दलका नेता रहेका इन्द्रबहादुर बानियाँ लाई परास्त गर्दै बहादुरसिंह लामा संसदीय दलका नेता बने संगै उनका लागि मुख्यमन्त्रीको ढोका खुलेको थियो । बागमती प्रदेशका लागि पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त भए पनि नेपाली काँग्रेसबाट मुख्यमन्त्री बन्ने बागमतीमा उनी पहिलो नेता बनेका छन् ।

भोलि बिहान ११ बजे उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइने बताईएको छ । कूल १३ वटा मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसिहत ७ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको छ ।