कोटेश्वरमा रहेको कलेज अफ नेशनल एकेडेमी स्क्वायरका विद्यार्थीलाई अभिमुखिकरण

काठमाडौंको मुटु कोटेश्वरमा रहेको कलेज अफ नेशनल एकेडेमी स्क्वायर (CNAS)ले आज आफ्ना कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उपत्यका र बाहिरका जिल्ला बाट समेत सिनासमा भर्ना हुन आएका विद्यार्थीहरुलाई शुक्रबार अभिमुखिकरण गरिएको हो ।

कार्यक्रममा कलेजका अध्यक्ष सहित विभिन्न वक्ताहरुले विद्यार्थीहरुलाई कलेजमा स्वागत गर्दै शिक्षाको महत्व र कलेजले पुर्याउदै आएको सेवाको बारेमा सुसूचित गरेका छन् । सो अवसरमा विद्यार्थीले शिक्षा प्राप्तिका क्रममा ध्यान दिनुपर्ने कुराहरू बारे समेत  ध्यानाकर्षण गराइएको छ ।

गुणस्तरीय र व्यवहारिक शिक्षामा पहल गर्दै आएको यस सामुदायिक कलेजप्रति विद्यार्थीहरुको आकर्षण बढदै गएको प्रति सन्तोष ब्यक्त गर्दै कलेजका प्राचार्य कृष्ण प्रसाद भट्टराईले आगामी दिनमा थप उत्कृष्ट नतिजा ल्याउने र प्रयोगात्मक शिक्षामा जोड दिने प्रतिवद्धता प्रकट गरेका छन् । सामुदायिक कलेज भएका कारण नाफा केन्द्रीत नभई विद्यार्थी, समाज र समग्र शिक्षा क्षेत्रको प्रगतिलाई केन्द्रमा राखी कलेजले काम गर्ने उनले जिकिर गरे ।

सो अवसरमा विद्यार्थीहरुले आफ्ना बिबिध प्रतिभा समेत प्रस्तुत गरेका थिए ।

+२ अन्तर्गत म्यानेजमेन्ट, कम्प्युटर साइन्स , बिज्नेस स्ट्डिज , म्यानेजमेन्ट ,मानविकी र शिक्षाशास्त्रका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिबिएस, बिए र बिएड संकायमा पठनपाठन गर्दै आएको कोटेश्वरस्थित कलेज अफ नेशनल एकेडेमी स्क्वायर (CNAS) सामुदायिक कलेज हुनुका साथै सबल ब्यवस्थापनका कारण आफ्नो विशिष्ठ पहिचान बनाउन सफल रहेको सञ्चालक समितिका सदस्य एवं शिककर्मी निराजन  सिलवाल बताउँछन ।