कक्षा १२ को परीक्षा स्थगित नभएको परीक्षा बोर्डद्वारा स्पष्ट, हेर्नुस् विज्ञप्ति

सानोठिमी । भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै कक्षा १२ को वार्षिक परीक्षा यहीँ २०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन हुने कार्यक्रम यथावत रहेको स्पष्ट पारेको छ । परीक्षा सञ्चालन स्थगित भन्दै प्रचारित भ्रामक सूचनाको पछि नलाग्न आग्रह गर्दै बोर्डले शुक्रबार एक विज्ञप्तिमार्फत परीक्षा निर्धारित मितिमै हुने स्पष्ट पारेको हो । विभिन्न […]

कर्णाली एजुकेसन एक्स्पो सुरु, पाठ्यक्रममाथि उठे गम्भीर प्रश्न

सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली एजुकेसन एक्स्पो सिजन वान सुरु भएको छ । कर्णालीमा शैक्षिक गुणस्तर विकास गर्न र सीमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने उद्देश्यका साथ यो एक्स्पो आयोजना गरिएको हो ।  कर्णाली प्रदेसका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक्स्पोको उद्घाटन गर्दै कर्णालीमा अझै पनि शिक्षाको गुणस्तर सन्तोषजनक नभएको बताए । एक्स्पोका […]

आन्दोलन कहिले सम्म भन्ने प्रश्नमा यस्तो छ शिक्षक नेताहरुको उत्तर

काठमाडौ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा विधेयकमा समेटिएका एक सय बुँदामध्ये अधिकांश बुँदामा छलफल सकिएकोले अब बाँकी बुँदामा पनि दफावार छलफल गरी निर्णयमा पुग्नुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहले गरेको “आन्दोलन कहिले सम्म?” विषयक अन्तरक्रियामा बोल्दै उनले भने, सरकारले संसदको बैठक बैशाख १२ गते बोलाएको छ, त्यसअघि ऐन जारी गर्न […]

शिक्षकको प्रदर्शन अझ ठुलो, यातायात ब्यवस्थापन भद्रगोल

काठमाडौं । चैत २० देखि जारी शिक्षकहरूको प्रदर्शनमा आज झन बढी सहभागिता देखिएको छ । हिजो मन्त्रीपरिषद् बैठकले कार्यस्थल फर्कन अनुरोध गर्ने निर्णय गरेको आन्दोलनमा आज शिक्षकको अझ बढी सहभागिता देखिएको हो । विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने मुख्य मागसहित शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा छन् । काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात ब्यवस्था […]

मन्त्रीपरिषद् निर्णय : शिक्षकलाई विद्यालय फर्कन अनुरोध गर्ने, संसद अधिवेशन १२ गतेलाई बोलाउने

काठमाडौ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको छ । बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने लगायत प्रयोजनका लागि संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको हवाला दिदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश […]

नयाँ पुस्तालाई शिक्षण पेशामा आकर्षित गर्ने शिक्षा ऐन आवश्यक

सत्य राम कासिछ्वा, भक्तपुर । लामो समयदेखि देशमा नयाँ शिक्षा विधेयकको सन्दर्भमा चर्चा परिचर्चा भइरहेको छ । पञ्चायती शिक्षा ऐन २०२८ खारेज गरी देशको समृद्धिको लागि नैतिक शिक्षा र उत्पादनसहितको शिक्षा विधेयक र नयाँ शिक्षा ऐन लागु गरी स्थानीय तहलाई अधिकार सम्पन्न गर्न जरुरी छ । सामुदायिक शिक्षकहरुको आन्दोलनका कारण २०८१ को एसईई परीक्षाको उत्तर […]

उत्तरपुस्तिका नजाँच्ने शिक्षक महासंघको चेतावनीपछि परीक्षा बोर्डको यस्तो अपिल

सानोठिमी । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई SEE परीक्षाको उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा सहयोग गर्न अपिल गरेको छ।  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एक अपिल जारी गर्दै लाखौं विद्यार्थीको भविष्य प्रभावित हुने भएकोले शिक्षकहरूलाई सहकार्यका लागि अनुरोध गरेका छन् । शिक्षकहरूको परीक्षामा मुख्य भूमिका रहेको उल्लेख गर्दै उत्तरपुस्तिका जाँच ढिलो हुँदा विद्यार्थीको भविष्यमा प्रत्यक्ष […]

वार्ताको लगाम कस्दै प्रधानमन्त्री, सबैको समर्थन रहँदा पनि शिक्षकका माग सम्बोधनमा सरकार असफल

काठमाडौं । देशभरका हजारौं शिक्षक दश दिनदेखि काठमाडौ केन्द्रीत सडक आन्दोलनमा छन् । नयाँ शैक्षिक वर्ष शुरु हुन केही दिन मात्र बाकी छ तर, सरकार प्रमुख रहेका प्रधानमन्त्रीले बार्ताको लगाम समात्दा शिक्षकहरुको आन्दोलन अझै लम्बिने देखिन्छ ।   नेपाल शिक्षक महासंघका प्रतिनिधि र शिक्षा मन्त्रालयका अधिकारीबीच भएको छलफल विना निष्कर्ष टुंगिएपछि आन्दोलनको भविष्य अनिश्चित बनेको […]

मोबाइलको टर्च बालेर सरकार खोज्दै शिक्षक

काठमाडौ । चैत २० गतेदेखि काठमाडौंमा जारी सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुको आन्दोलन थप सशक्त बन्दै गएको छ । हरेक दिन सरकारलाई खोजिरहेका उनीहरूले मंगलबार दिउँसै टर्च बालेर सरकार खोजेका छन् । मोबाइलको टर्च बालेर सरकार खोज्दै उनीहरूले बिरोध प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकार हराएकाले दिउँसै टर्च बालेर खोज्नु परेको […]

राजधानीमा जारी शिक्षक आन्दोलनप्रति माओवादी केन्द्र बागमती प्रदेश समितिको ऐक्यबद्धता

भक्तपुर । नेपाल शिक्षक महासंघको नेतृत्वमा राजधानीमा जारी शिक्षक आन्दोलन प्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ । प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले आइतबार ऐक्यबद्धता अपिल सार्वजनिक गर्दै शिक्षक आन्दोलनप्रति पार्टी प्रदेश समितिको तर्फबाट ऐक्यबद्धता प्रकट गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो […]