काठमाडौ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको छ ।
बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने लगायत प्रयोजनका लागि संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको हवाला दिदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले बताए ।
विद्यालय शिक्षा ऐनको माग गर्दै नेपाल शिक्षक महासंघको अगुवाईमा शिक्षकहरु चैत २० गतेदेखि राजधानी केन्द्रीत अनिश्चितकालीन आन्दोलनमा छन् ।
मन्त्री परिषदले शिक्षकको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै हाल विद्यार्थी भर्ना, एसईई उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को राष्ट्रिय परीक्षा सञ्चालनको समय भएकाले आन्दोलन स्थगन गर्न र सम्पूर्ण शिक्षकलाई कार्यथलोमा फर्कन अनुरोध गर्ने निर्णय समेत गरेको बताइएको छ ।