जेठो अस्पताल वीरले गुण्डुमा मनायो स्थापना दिवस, १ हजार ४ सय ६४ स्थानीय लाभान्वित

भक्तपुर । सबैभन्दा जेठो काठमाडौस्थित वीर अस्पतालले आफ्नो १३६ औँ स्थापना दिवसको अवसर पारेर सूर्यविनायक नगरपालिका- ७ गुण्डूमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ। वडा कार्यालयको समन्वयमा सम्पन्न शिविरमा स्थानीय तथा आसपासका १ हजार ४ सय ६४ जनाले स्वास्थ्य सेवा लिएका छन्। २६ प्रकारका रोगको परीक्षण तथा उपचारको क्रममा एक व्यक्तिले एकभन्दा बढी सेवा […]

भक्तपुरको कटुञ्जेमा शनिबार स्थानीय सहभागितामा बृहत वृक्षारोपण हुने

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेको आयोजनामा भञ्ज्याङ् चोककदेखि तिनधारा हुँदै छत्रपाल भैरव मन्दिरसम्म वृक्षारोपण कार्यक्रम आयोजना हुने भएको छ। वडा अध्यक्ष राजकुमार जोशीले शनिबार (साउन ३ गते) बिहान सबा ७ बजेबाट बृहत् वृक्षारोपण कार्यक्रम शुरु हुने भन्दै सम्पूर्ण वडाबासीलाई सक्रिय सहभागिता जनाउन अनुरोध गरेका छन् । “शनिबार बिहान भञ्ज्याङ् चोकमा भेला भइ […]

सूर्यविनायकमा अनुगमन समितिबाटै अनियमितता, नियमविपरीत बुझे २६ लाख भत्ता

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा संचालित साना योजनाको अनियमितता रोक्न गठन गरिएका अनुगमन समितिले नै अनियमितता गरेको खुलेको छ ।    नगरपालिकामा वडास्तरीय योजना अनुगमन समितिका पदाधिकारीहरुले नियमविपरीत २६ लाख रुपैयाँ भत्ता भुक्तानी लिएका छन् ।  महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले ५ लाखभन्दा कम लागतका योजनाको अनुगमनका लागि गठन गरेका समितिहरुलाई […]

एसईईमा सूर्यविनायकबाट १० जनाको ४ जिपिए : कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थी सम्मानित

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा- कक्षा १० (एसईई), कक्षा ८ को आधारभूत तह तथा कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र विद्यालयलाई विशेष सम्मान प्रदान गरेको छ। सोमबार नगरपालिकाले आयोजना गरेको कार्यक्रममा कक्षा ८, १० र १२ का उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । नगरपालिकाले कक्षा ८ को अन्तिम परिक्षा, […]

सूर्यविनायकको नीति तथा कार्यक्रम : एक वडा एक पकेट क्षेत्रदेखि रोजगारी प्रवर्द्धन योजनासम्म

बाबुराम दाहाल, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि, शिक्षा, पूर्वाधार, पर्यटन, सञ्चार, स्वास्थ्य, रोजगारी, वातावरण र सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई समेटेर बहुआयामिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख बासुदेव थापाले शुक्रबार १८ औं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले समावेशी, दिगो र प्रविधिमैत्री स्थानीय विकासको मार्गचित्र प्रस्तुत […]

सूर्यविनायक-५ मा फुट्सल प्रतियोगिता सम्पन्न, फाइनलमा छत्रपाललाई पछि पार्दै प्राइम प्रथम

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको वडास्तरीय फुट्सल प्रतियोगिताको उपाधि प्राइम डे क्लबले उचालेको छ । सृजनानगरस्थित फुटसल मैदानमा सम्पन्न फाइनल भिडन्तमा छत्रपाल क्लबलाई ३-१ ले पछि पार्दै प्राइमले प्रथम स्थान हासिल गरेको हो । बिजेता र उपबिजेता टोलीलाई क्रमश नगद १५ हजार र १० हजार सहित शिल्ड र ट्रफि […]

भक्तपुरलाई शहरी विकास मन्त्रालयबाट १ अर्ब बढी बजेट, कहाँ कति?

राजेशमान मानन्धर, भक्तपुर । भक्तपुर जिल्लालाई शहरी बिकास मन्त्रालयबाट १ अर्ब बढी बजेट बिनियोजन भएको छ ।  अन्य मन्त्रालयको तुलनामा शहरी बिकास मन्त्रालयबाट भक्तपुरमा सर्वाधिक बजेट आएको हो । सो मध्ये पनि भक्तपुर क्षेत्र नं २ मा करिब ७३ करोड २५ लाख बजेट शहरी विकास मन्त्रालयले बिनियोजन गरिदिएको सो क्षेत्रका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाका […]

विद्या भण्डारी निकट सूर्यविनायक नगरपालिका प्रमुख पनि पतञ्जली प्रकरणमा प्रतिवादी

भक्तपुर । पतञ्जली जग्गा प्रकरणमा भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापा पनि मुछिएका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा मेयर थापा पनि एक प्रतिवादी ठहरिएका हुन् । पतञ्जलीको जग्गा खरिद गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापालाई पनि प्रतिवादी बनाएको हो । […]

सूर्यविनायक नगरपालिकाले बनाइदियो ट्राफिक सचेतना कक्ष

राजेशमान मानन्धर, भक्तपुर ।  जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित ‘ट्राफिक सचेतना कक्ष’को सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गरेका छन् । सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा वडा नम्बर ६ स्थित कार्यालय परिसरमा निर्मित सचेतना कक्षको बिहीबार प्रमुख थापाले उद्घाटन गरेका हुन् । सो कक्ष उद्घाटन गर्दै नगर प्रमुख थापाले ट्राफिक कार्यालयले सचेतना कक्ष निर्माणका लागि […]

पूर्वमन्त्री बस्नेतको गुनासो- युवापुस्ता समाज हेरेर होइन, सामाजिक सञ्जाल हेरेर धारणा बनाउँछन्

ललिता साह, भक्तपुर । देशको अर्थतन्त्र मजबुत बनाउन पर्यटन र युवा उद्यमजस्ता व्यवसायिक क्षेत्रहरूमा योजना र लगानी अपरिहार्य रहेको नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले बताएका छन्। सूर्यविनायक नगरपालिका वडा नं ७ को कार्यालय र राष्ट्रिय युवा परिषद्को संयुक्त लागत साझेदारीमा आयोजित “युवा मार्गदर्शन तथा मनोसामाजिक परामर्शसहित युवाका सीपमा आधारित मोटर ड्राइभिङ्ग एकदिने […]