काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५१५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ५ हजार ४९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।







