अब्बल बन्दै सामुदायिक विद्यालय

कञ्चनपुर, २ कात्तिक । शिक्षाको गुणस्तरमा सुधार आएपछि जिल्लाका सामुदायिक विद्यालय पठनपाठनको क्षेत्रमा अग्रणी बन्न थालेका छन । कक्षा ११ र १२ को परीक्षामा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा ल्याउन थालेका छन् । शुक्लाफाँटा नगरपालिकाको कसरौलमा रहेको बैजनाथ माध्यमिक विद्यालयको कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षामा सहभागी भएका ५६ […]

राष्ट्रपति–प्रधानमन्त्री निवासदेखि राष्ट्र बैंककै नजिक रहेको शिवपुरी माविले मनायो ७१ औं वर्षगाँठ

काठमाडौं । सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय ७१ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार भव्य कार्यक्रम गरी विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव मनाएको हो । पछिल्लो दिनमा शैक्षिक र भौतिक फड्को मार्दै आएको यस सामुदायिक विद्यालयको ७१ औं वार्षिकोत्सव शुक्रवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् […]

अझै पनि एसएलसी फेल स्थायी शिक्षकले पढाउँछन सामुदायिक विद्यालयमा

काठमाडौं । अझै पनि एसएलसी अनुत्तीर्ण शिक्षकहरुले सामुदायिक विद्यालयमा पढाइरहेको पाइएको छ । गत साउन १ गते देखि लागु भएको शिक्षकहरुको नयाँ तलवमानमा २ विषयमा र सो भन्दा बढी विषयमा अनुत्तीर्ण शिक्षकहरुको तलवमान सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको कार्यक्रम कार्यान्वयन पुस्तिकामा २ भन्दा बढी विषयमा अनुत्तीर्ण शिक्षकहरुकोसमेत तलवमान […]

‘सामुदायिक विद्यालय कमजोर भन्ने निजी विद्यालयले चलाएका हल्ला मात्रै हो’

शैक्षिक सुधारका लागि विद्यालयमा भएका फरक अभ्यासहरु के–के छन् ? विद्यार्थीले चाहेअनुसारको सिकाइ वातावरण तयार गरेका छौं । सिकाइलाई प्रविधिसँग जोड्ने प्रयास गरेका छौं । विद्यार्थीहरुलाई प्रोजेक्ट वर्क र कक्षाकोठा बाहिरको सिकाइमा जोड्दै आएका छौं । १ कक्षा देखि १० सम्मकै विद्यार्थीहरुलाई अनुसन्धान र प्रोजेक्टवर्क खोज सिकाइमा सहभागी गराउँदै आएका छौं । पढेर मात्रै होइन […]

नेपालका १५ प्रतिशत सामुदायिक विद्यालय मात्र पठनपाठन योग्य रहेको यस्तो सरकारको निष्कर्ष

काठमाडौँ । सरकारी निकायले नै देशका सामुदायिक माध्यमिक विद्यालयमध्ये १५ दशमलव पाँच प्रतिशत मात्रै पठनपाठनका दृष्टिकोणले उपयुक्त भएको निचोड निकालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले २४ जिल्लाका एक हजार ९९९ वटा विद्यालयमा गरेको कार्यसम्पादन परीक्षणपछि करिब ८५ प्रतिशत विद्यालय पठनपाठन गर्न अनुपयुक्त भएको निष्कर्ष निकालेको हो । शिक्षा […]

सरकारले तोकेको शिक्षक र कर्मचारीको नयाँ तलबमान यस्तो छ, हेर्नुहोस विस्तृत

काठमाडाैं, १९ साउन । सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन् । उनले प्रदेश तथा स्थानीय तहमा समायोजन भएका […]

देशभरका सामुदायिक विद्यालयमा आईटी ल्याब बनाउन साढे तीन अर्ब छुट्याइयो

काठमाडौँ । सरकारको ‘डिजिटल नेपाल’ अभियानअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी गर्ने भएको छ । प्राधिकरणले प्रत्येक प्रदेशलाई समेट्ने गरी देशभरका ९३० वटा सरकारी विद्यालयमा करिब साढे तीन अर्ब रुपियाँमा आईटी ल्याब स्थापना गर्न लागेको हो । त्यसका लागि प्राधिकरणले शुक्रबार ओबीसीआई, म्याक्स र नेपाको संयुक्त साझेदारीलाई छनोट गरेको छ । प्राधिकरणले जिम्मा […]

सामुदायिक विद्यालयमा स्थायी शिक्षक नियुक्ति सुरु

काठमाडौँ । शिक्षक सेवा आयोगले खुला प्रतिस्पर्धाबाट विकास क्षेत्रका आधारमा छनोट गरेका शिक्षकलाई जिल्लागत र विषयगत रूपमा नियुक्तिका लागि प्रक्रिया सुरु गरिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्तिका लागि शुक्रबार देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ । प्रतिस्पर्धामा सफल भएका शिक्षकको विषयगत र जिल्लागत नामावलीसहित पदस्थापनाप्रक्रिया अघि बढाउन केन्द्रले एकाइलाई निर्देशन […]