राष्ट्रपति–प्रधानमन्त्री निवासदेखि राष्ट्र बैंककै नजिक रहेको शिवपुरी माविले मनायो ७१ औं वर्षगाँठ

काठमाडौं । सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय ७१ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार भव्य कार्यक्रम गरी विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव मनाएको हो ।

पछिल्लो दिनमा शैक्षिक र भौतिक फड्को मार्दै आएको यस सामुदायिक विद्यालयको ७१ औं वार्षिकोत्सव शुक्रवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् । यस अघि विद्यालयले उक्त अवसरमा साताव्यापी सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरेको थियो ।

वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सबै सामुदायिक विद्यालयहरुलाई प्राविधिक शिक्षालयहरुमा रुपान्तर गर्नुपर्ने बताए । अब सामुदायिक विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरुले कम्तिमा केहि न केहि शीप, केही श्रम सम्बन्धी ज्ञान र कुनैनकुनै रोजगारीसँग सम्बन्धीत ज्ञान लिएकै हुनुपर्ने व्यवस्था गर्ने सरकारले तयारी गरिरहेको पोखरेलले बताए ।

अब सामुदायिक विद्यालयहरु राष्ट्रिय आवश्यकता पुरा गर्ने दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले समृद्ध नेपालको सपना सामुदायिक विद्यालयको सवलीकरणबाट मात्रै सम्भव भएको बताए । मुलुकभर सामुदायिक विद्यालयहरुको स्थिति त्यति सुधारात्मक हुन नसकिरहेको अवस्थामा शिवपुरी जस्ता केही उम्दा विद्यालयहरुले आफ्नो मिहिनेतले प्रगति गरेर देखाएका उनको भनाइ थियो । आफू निर्वार्चित क्षेत्रकै विद्यालय भएकाले पनि शिवपुरीको हरेक आवश्यकता पुरा गर्न आफूले सक्दो पहल गर्ने उनले बताए ।

कार्यक्रममा शिक्षा समन्वय इकाइकाठमाडौंका प्रमुख नन्दलाल पौडेलले शिवपुरी विद्यालयले आफ्नै मिहिनेतले अनुकरणीय सुधार गर्दै अन्य विद्यालयहरुलाई नेतृत् वगर्न सफल भएकोमा बधाइ दिए । शिवपुरीको कक्षा ११ को नतिजा मुलुकका कुनैपनि टप निजी विद्यालयको भन्दा कम नभएकाले नामका पछाडि नलागि यसै विद्यालयमा छोराछोरी पढाउन अभिभावकहरुसँग उनको आग्रह थियो ।

अब आँगन अगाडिको विद्यालय छाडेर ७ बजे नै टाढाको स्कूल बसमा छोराछोरी चढाउन छाड्नुस्, यो विद्यालय कोही भन्दा कम छैन । पौडेलले भने ।

विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले विद्यालयले विभिन्न चुनौतिहरुका बीचपनि शैक्षिक र भौतिक सुधार गर्दै अगाडि बढिरहेको बताए । हाल विद्यालयमा सूचनाप्रविधियुक्त र योजनाबद्ध शिक्षण सिकाइ हुँदै आएको, हरेक कक्षामा सिसिटिभि र स्मार्टबोर्डको व्यवस्था गरिएको उनको भनाइ थियो । विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिने गरेको भन्दै यस वर्ष मात्रै ५० बढी विद्यार्थीहरु विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भइ पुरस्कृत भइसकेका जानकारी दिए ।

विद्यालयले विव्यस सदस्य एवं शिक्षकहरुलाई अन्य राम्रा विद्यालयहरुको भ्रमण गराई राम्रा अभ्यासहरु सिकेर लागु गर्ने गरेको, वातावरण संरक्षण, सरसफाइ, वृक्षारोपण, स्वास्थ्य, जनचेतना आदिमा समेत काम गर्दै आएको उनको भनाइ थियो । कक्षाकोठा र किताबमा सिमित सिकाइलाई बृहत बनाइएको, वर्षेपिच्छे शैक्षिक सामग्री प्रदर्शनीको आयोजना गरी विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको प्रयास गरिँदै आइएको उनको भनाइ थियो ।

विद्यालयलाई भर्खरै शिक्षा दिवको अवसरमा नगरभित्रको उत्कृष्ट व्यवस्थापन र सिकाइ उपलब्धी भएको सर्वोकृष्ट विद्यालय भन्दै काठमाडौं महानगरपालिकाले शिवपुरीलाई नगद, सिल्ड, ध्वजा र प्रमाणपत्रसहित पुरसकृत गरेकोसमेत प्रअ दूरदर्शीले जानकारी दिए ।

वार्षिकोत्सव कार्यक्रममा विद्यालयलाई आर्थिक र भौतिक सहयोग गर्ने एलसीसी बैंक लगायतका संस्था, उत्कृष्ट नतिजा ल्याउने विषयका शिक्षक एवं विद्यालयलाई चासो र सहयोग गर्ने अभिभावकहरुलाई सम्मानित गरिएको थियो । यस्तै साताव्यापि खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा उत्कष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य दिपक निरौला, विभिन्न छिमेकी विद्यालयका प्रअहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Loading...