कार्यसम्पादन मूल्यांकनमा मकवानपुरको बागमती गाउँपालिका जिल्लाकै उत्कृष्ट

Bagmati Gaupalika

मकवानपुर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/०८२ का लागि गरेको कार्यसम्पादन मूल्याङ्कनमा बागमती गाउँपालिका जिल्ला प्रथम भएको छ । ६६.३९ अंकसहित मकवानपुर जिल्लाका १० वटा स्थानीय तहहरूमध्ये प्रथम स्थानमा रहन सफल भएको हो । आयोगले सार्वजनिक गरेको मूल्याङ्कन विवरणअनुसार बागमती गाउँपालिकाले प्रशासनिक क्षमता, वित्तीय अनुशासन, योजना कार्यान्वयन र सुशासनका सूचकमा तुलनात्मक […]

आस्था र विचारमाथि हुने प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिको आस्था र विचारमाथि हुने प्रहार स्वीकार्य नहुने बताएका छन्। नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय परिसरमा निर्माण गरिएको संस्थापक सभापति सूर्यबहादुर डिम्डुङ स्मृति भवन र बीपी स्मृति वाचनालयको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले पछिल्लो समय स्वतन्त्रताको नाममा छाडातन्त्र मौलाएको उल्लेख गर्दै फरक विचार राख्ने व्यक्ति र पार्टीमाथि आक्रमण […]

हेटौँडा–काठमाडौँ जोड्ने दुवै सडकमा राति सवारी चलाउन नपाइने

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने दुई प्रमुख सडकमार्गमा आजदेखि तीन दिनसम्म रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै भनेका छन्– असोज १७ गतेदेखि २० गतेसम्म मौसम पूर्वानुमानअनुसार मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले दुर्घटना र क्षति रोक्न यो निर्णय गरिएको हो । सूचना अनुसार हेटौँडा–कान्तिलोकपथमार्गमा बेलुका ४ […]

बलात्कार आरोपमा बालगृहकै प्रमुख अधिकृत पक्राउ

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकास्थित एक बालगृहमा आश्रय लिइरहेकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत मधुसुदन राउतलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी परेपछि प्रहरीले राउतलाई काठमाडौको काँडाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई मकवानपुर ल्याइएको र आइतबार म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले […]

महिला संघ मकवानपुरमा अपारदर्शी सदस्यता वितरण जिल्ला पार्टीलाई अमान्य : नेतृ न्यौपाने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आफ्नो भातृ संस्था नेपाल महिला संघको अधिवेशनका कार्यक्रम तय नगर्न निर्देशन दिएको छ । महिला संघको सदस्यता वितरणमा जिल्ला पार्टीको तर्फबाट संयोजक रहेकी जिल्ला कार्यसमितिकी सहसचिव इन्दिरा न्यौपानेले एक बिज्ञप्ति जारी गर्दै सो निर्देशन दिएकी हुन् । नेतृ न्यौपानेले सदस्यता वितरणमा पार्टीको नीति, विधान र निर्देशन विपरित कार्यहरू गरिएको खुल्न […]

बागमती प्रदेशमा पत्रकार तथा सर्जकहरू सम्मानित

हेटौंडा । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले पत्रकारिता, चलचित्र र लघु चलचित्र क्षेत्रमा सक्रिय २० जना व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा काठमाडौकी अध्यक्ष शोभा अर्याल संस्थागत पत्रकारिता विधामा सम्मानित भएकी छन् । प्रदेश भित्रका १३ जिल्ला शाखामा अर्याल अध्यक्ष निर्वाचित एक्ली महिला हुन् । कार्यक्रममा […]

भाषा ऐन विद्यालय तहमा पनि कार्यान्वयन गर्न बजेट विनियोजन गरिने मुख्यमन्त्री लामाको खुलासा

बुद्धशरण शाही, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भाषा ऐन कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार हेटौँडामा पद्यमरत्न लुमन्ति गुथीको आयोजनामा र संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा आयोजित “नेपालभाषाको प्रयोग, प्रचार र प्रवर्द्धन” विषयक विचार गोष्ठीमा बोल्दै उनले विद्यालय तहमा पनि ऐन कार्यान्वयन गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिए। […]

ऋषिहरूको तपोभूमि ‘ऋषेश्वर क्षेत्र’ विकास समिति’ अध्यक्षमा लामा

मकवानपुर । थाहा नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा बिनोद लामालाई नियुक्त गरिएको छ। थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक, धार्मिक सम्पदा एवं सांस्कृतिक क्षेत्र व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद ३, दफा २ (क) अनुसार नगर प्रमुखले समितिको अध्यक्ष तोक्न सक्ने व्यवस्था रहेको छ। यही प्रावधानअनुसार […]

कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना, दुईको निधन, चौध घाइते

मकवानपुर । मकवानपुरस्थित कान्ति लोकपथमा विद्युतीय माइक्रोबस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । मकवानपुरगढी-२, धरमपानीस्थित सडक खण्डमा काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१-००६ ख ७०७२ नम्बरको सो माइक्रोबस गएराति पल्टिदाँ दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा ५० वर्षीया निलम देवी र १३ वर्षीया मानुषी मगर रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको […]

गणतन्त्र मुर्दावाद भन्दै प्रचण्डको तस्वीरमा आगो लगाउने राप्रपाका बम पक्राउ

मकवानपुर । हेटौडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।  बमले शनिबार हेटौडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भन्ने नारा लगाउदै प्रचण्डको […]