हेटौडा–दक्षिणकाली आउँदै गरेको टाटासुमो दुर्घटनामा परी ३ को मृत्यु ८ घाइते

हेटौडा, २० भदौ । मकवानपुरको भीमफेदीमा टाटासुमो दुर्घटनामा परेको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको टाटासुमो भीमफेदीमा पुगेपछि दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुर्घटनामा परी ३ जनाको मृत्यु भएको ८ जना घाइते भएको जानकारी दिएको छ । शुक्रबार दिउँसो सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना १ ज ३६४० नम्बरको टाटासुमो भीमफेदी गाउँपालिका–६ चियानडाँडामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले दुर्घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरे। जीप सडकबाट तल खसेको उनले बताए। दुर्घटना सर्लाहीका महेन्द्र सहनी, माहोत्तरी माइस्थानका वीरसिंह वाइवा र रामेछाप रजनगाउँकी १० महिने बालिका साम्राज्ञी माझीको मृत्यु भएको एसपी सिंहले जानकारी दिए।

दुर्घटनामा घाइते बनेका अन्य आठ जनाको हेटौंडाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...