भक्तपुर । भक्तपुरको चाँगुनारायण-२ दुवाकोटमा बिस्काः जात्राको अवसरमा पहिलोपटक गणेशको खट जात्रा गरिएको छ । पहिलोपटक गरिएको भएपनि श्री फैटोका गणेशको खट जात्रा भब्यरुपले सम्पन्न भएको छ । “खटजात्रा” भन्नाले खट अर्थात काठले बनाइएको खटमा देवताको मूर्ति राखेर नगर परिक्रमा गरिने यात्रा हो। यसो गर्दा देवताले रक्षा गर्ने नेवा: समुदायमा जनविश्वास रहीआएको छ । फैटोका […]
Tag: चाँगुनारायण नगरपालिका
चाँगुनारायणका सबै वडामा अग्नि नियन्त्रण अभ्यास प्रदर्शन र प्रशिक्षण
चाँगुनारायण नगरपालिकाले आफ्ना वडाहरुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन एवं प्रशिक्षण कार्यक्रम शूरु गरेको छ । जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहकार्य र वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमाकार्यक्रम शुरु भएको हो । सुक्खा मौसम तथा गर्मीका कारण समुदायमा दिनानुदिन आगलागीका घटनाहरु भइरहेको अवस्थामा आगलागी […]
जागृतीको अभिभावक दिवस सम्पन्न, सांसद श्रेष्ठले गरे प्रशंसा
भक्तपुर । भक्तपुरको चाँगुनारायण-१, दुवाकोट बेसीस्थित जागृति विद्या सदन विद्यालयले अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । बागमती प्रदेश सांसद सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेश सांसद श्रेष्ठले विद्यालयको शिक्षण शैली र प्रगतिको प्रशंसा गर्दै विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । शिक्षा […]
साथीको घरमा सुतेका युवक मृत फेला
भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा आफ्नै साथीको घरमा मृत फेला परेका हुन् । २१ वर्षीय साथी बादल तामाङको घरमा सुतेका निरोज मंगलबार दिउँसो मृत फेला परेका थिए । निरोज मदिरा खाएर सुतेका र अबेर सम्म नउठेपछि हेर्दा मृत फेला परेका एक स्थानीयले जानकारी गराए । […]
जनप्रतिनिधिको तलब र भत्ता, बालबालिकालाई पोशाक र जुत्ता
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने तलब भत्ताको रकम विद्यालय पढ्ने बाबुनानीहरुको लागि खर्च गरिरहेका छन् । आफूले तलव भत्ता नलिने उद्घोष गरेका उनले पाएको रकमले नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक सहयोग गरिरहेका हुन् । पत्रकारहरु संग आफ्नो दुई वर्षको कार्यकालको अनुभव बाड्दै उपप्रमुख बुढाथोकीले दुई वर्षमा करिब १० […]






