सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो

काठमाडौं,१२ फागुन । सुनको भाउ तोलाको ८० हजार नाघेको छ । आज तोलामा एकैपटक १५ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो। लगातार बढिरहेको सुन हिजो तोलाको ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। कोरोना भाइरसको संक्रमणका कारण विश्वव्‍यापीरूपमा […]

नेकपा अध्यक्ष ओली आफैंले गरे पार्टी आचारसंहिता उल्लंघन

काठमाडौं, १२ फागुन । जो अगुवा उही बाटो भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो । सो आचार […]

ट्रकले ठक्कर दिँदा ११ वर्षिय माकजुको मृत्यु

भक्तपुर, १२ फागुन । च्यामासिंहमा निशान ट्रकले ठक्कर दिँदा एक पैदल यात्रु बालकको ज्यान गएको छ । ज्यान जानेमा ११ वर्षीय तिलक माकजु रहेका छन् । ब्रम्हायणी तर्फ जादै गरेको बा३ क ३५८८ नं को निशान ट्रकले माकजुलाई ठक्कर शनिवार साझँ करिब ७ बजेको समयमा ठक्कर दिएको थियो । उपचारको क्रममा उनको राती ११:३० बजे […]

सुदुरपश्चिमेली समाज जापानको अध्यक्षमा ठगुन्ना निर्विरोध

टोकियो । सुदुरपश्चिमेली नेपाली समाज जापानको अध्यक्षमा पदमसिंह ठगुन्ना निर्विरोध निर्वाचित भएका छन । समाजको आइतबार सम्पन्न छैठौ अधिवेशनले ठगुन्नालाई दुई बर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित गरेको हो । समाजको उपाध्यक्षमा टक्कर कुँवर ,चन्द्रराज जोशी र कृष्ण पाण्डे निर्विरोध निर्वाचित भएका छन भने महासचिबमा प्रकाशसिंह महरा निर्वाचित भएका छन । सचिबमा बिमला साउद र कोषाध्यक्षमा […]

कोरोना संक्रमणका कारण दक्षिण कोरियामा नेपाली कामदार पठाउन रोक

काठमाडौं, ११ फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस को संक्रमण दक्षिण कोरियामा समेत फैलिएपछि त्यहाँ नेपाली कामदार पठाउन सरकारले रोक लगाएको छ । नेपाली कामदार कोरिया पठाउने श्रम विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले भाइरसको संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदारको उडानसमेत रोकेको बताएको छ। शाखाका निर्देशक कृष्ण खनालका अनुसार अघिल्लो साता करिब २ दर्जन […]

आज चट्याङसहित पानी पर्ने सम्भावना, हेर्नुहोस आगामी तीन दिनको मौसम

काठमाडौँ, ११ फागुन । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण देशभर आंशिक बदलीको अवस्था रहेको छ ।आज दिउँसोपख आशिंक बदली हुने र राती भने पश्चिमी भूभागका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा विभागले जनाएको छ । यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन ११ गते आईतबार […]

सिन्धुपाल्चोकमा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

सिन्धुपाल्चोक, ११ फागुन । सिन्धुपाल्चोकमा आज करेन्ट लागेर एक पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको र बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शिरिसेस्थित चिनियाँ […]

बस दुर्घटना हुँदा ४३ जना घाइते

तनहुँ ११ फागुन । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ४३ यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार ४३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले […]

लागु औषध खैरो हिरोईनसहित पाँच जना पक्राउ

धनगढी, ११ फाल्गुण । लागुऔषध खैरो हिरोइन बेचबिखन र सेवनमा संलग्न पाँच जनालाइ प्रहरीले धनगढी बसपार्कको एउटा होटेलबाट प्रकाउ गरेको छ । ३ ग्राम ४१० मिलिग्राम खैरो हिरोईन सहित अछाम होटेलका सञ्चालक बिजय साउद र धनगढी उपमहानगर पालिका वडा नं २ बस्ने सुनिल कुँवर लाइ पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै […]

घण्टौ लगाएर पानी बोक्नु पर्ने बाध्यताबाट मुक्त स्थानीय

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका ७ पालङुका घरघरमा रिब्दिकोट गाउँपालिकाको आर्थिक सहयोगमा खानेपानीको धारा पुगेको छ । खानेपानीको धारा पुगे पछि स्थानीयहरुले घण्टौ समय लगाएर खानेपानी बोक्नु पर्ने बाध्यताबाट मुक्त भएका छन ।  स्थानीय निकायको निर्वाचन भएपछि पहिलो आर्थिक बर्षबाट पालुङमा खानेपानी आयोजनाको काम सुरु गसिएको थियो । निरन्तरको सक्रियाताले करिब दुुई बर्षमा घरघरमा पानीको धारा […]