ट्रकले ठक्कर दिँदा ११ वर्षिय माकजुको मृत्यु

भक्तपुर, १२ फागुन । च्यामासिंहमा निशान ट्रकले ठक्कर दिँदा एक पैदल यात्रु बालकको ज्यान गएको छ । ज्यान जानेमा ११ वर्षीय तिलक माकजु रहेका छन् ।

ब्रम्हायणी तर्फ जादै गरेको बा३ क ३५८८ नं को निशान ट्रकले माकजुलाई ठक्कर शनिवार साझँ करिब ७ बजेको समयमा ठक्कर दिएको थियो । उपचारको क्रममा उनको राती ११:३० बजे काठमाडौस्थित बी एण्ड बी अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटना गराउने सवारी साधन र सवारी चालक जिल्ला रोल्पा रुम्तीगढी घर भई सुर्यबिनायकको भातेढिकुर बस्ने बर्ष २६ को सुरेश मगरलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको बताइएको छ ।

Loading...