आज चट्याङसहित पानी पर्ने सम्भावना, हेर्नुहोस आगामी तीन दिनको मौसम

काठमाडौँ, ११ फागुन । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको प्रभावका कारण देशभर आंशिक बदलीको अवस्था रहेको छ ।आज दिउँसोपख आशिंक बदली हुने र राती भने पश्चिमी भूभागका केही क्षेत्रमा चट्याङसहित पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा विभागले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ११ गते आईतबार

दिउँसोः देशभर आँशिक बदली रहनेछ। साँझपख पहडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ ।राती देशभर बदली रहनेछ। पश्चिमी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहन्छ।

फागुन १२ गते सोमबार

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । मध्य तथा पुर्वी भू९भाग साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।राती देशको मध्य तथा पुर्वी भूभागमा आँशिक देखि सामान्य बदली रही पश्चिमी भूभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहन्छ।

फागुन १३ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम सामान्यतया साफा रहनेछ । रातीः देशका पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकि भेगमा मौसम सामान्यतया साफा रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Loading...