घण्टौ लगाएर पानी बोक्नु पर्ने बाध्यताबाट मुक्त स्थानीय

पाल्पा, पाल्पाको रिब्दीकोट गाउँपालिका ७ पालङुका घरघरमा रिब्दिकोट गाउँपालिकाको आर्थिक सहयोगमा खानेपानीको धारा पुगेको छ । खानेपानीको धारा पुगे पछि स्थानीयहरुले घण्टौ समय लगाएर खानेपानी बोक्नु पर्ने बाध्यताबाट मुक्त भएका छन ।  स्थानीय निकायको निर्वाचन भएपछि पहिलो आर्थिक बर्षबाट पालुङमा खानेपानी आयोजनाको काम सुरु गसिएको थियो । निरन्तरको सक्रियाताले करिब दुुई बर्षमा घरघरमा पानीको धारा आएको चुर्पुकधारा लिफिटङ खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष बम बहादुरले बताए । उनका अनुसार अहिले खानेपानी आयोजनाबाट ६५ घरधुरी लाभाव्वित भएका छन ।

खानेपानीको उदघाटन गदै चुर्पुकधारा खानेपानी आयोजनाका गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले पालुङको सबै भन्दा ठुलो समस्याको रुपमा रहेको खानेपानी व्यवस्थापनलाइ मध्यनजर गरेर आफु निर्वाचन भएको बर्ष देखी नै बजेट विनियोजन गरेर काम गर्न थालेको बताएका छन । अहिले एक घर एक धाराको अभियान अन्र्तगत गाउँपालिका भरि नै खानेपानीको आयोजना सञ्चालन भइरहेको बताए ।

अहिले रिब्दिकोट गाउँपालिकाको खानेपानीको बढी समस्या रहेका वडा नं ६ ठिमुरेको ढस्टग, वडा नं ७ पालुङ मैनादी र वडा नं ८ को फेकमा खानेपानीको आयोजनाहरु सम्पन्न भइसकेको छ । अहिले गाउँपालिकाले खानेपानी, विकासका पुर्वाधार र कृषिलाई प्राथामिकता साथ वजेट विनियोजन गर्दै आएको अध्यक्ष जि सीले बताए । घण्टौ लगाएर पानी बोक्न पर्ने समस्या हटेकोले महिलाहरुलाई जिविको पार्जन र सामाजीक काम लगाउनु पर्ने गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले बताएकि छन ।

एक करोड पाच हजार चार सय २६ रुपैया लगानीमा चुर्पुकधारा लिपिटङ खानेपानी आयोजना सम्पन्न भएको प्रशासकिय अधिकृत अर्यालले बताए । खानेपानी आयोजना संघ तथा प्रदेशको बजेट र गाउँपालिकाले विनियोजन गरेको बजेटमा निमार्ण कार्य सम्पन्न भएको हो । कुल खर्चमध्ये उपधोक्ताले १४ लाख ५८ हजार बराबरको श्रमदान गरेका छन ।

उपभोक्ता समितिका सचिव गाहाका अनुसार टयाकी वरीपरी घेराबार गर्न, पानीको मुल सम्म पुग्न मोटरबाटो स्तरोन्नती गर्न, घरघरमा व्यवस्थित धारा बनाउन र मर्मत संभार कोष स्थापना गर्ने काम बाकी रहेका बताउदै यसलाई अब छिटै अगाडी बढाउने बताए । आयोजना सम्पन्न गर्न उपभोक्ताले पाइप जडान लगाएतका कामको लागि ६० दिन विशेष गरी महिलाहरु सहभागि भएर श्रमदान गरेको उपभोक्ता समितिका सचिव गाहाले बताए ।

Loading...