नेपाली खेलाडीमाथि राजनीतिक खतराको घण्टी

नेपाली फुटबलको एकलौटी तानाशाही प्रवृति, म्याच फिक्सिङ काण्ड, अध्यक्षको भ्रष्टाचार काण्ड पर्दाफास भएसँगै फेरि एक पटक नाईट क्लबमा मोज मस्ती गरेको समाचार बाहिर आएको छ। जुन आम फुटबल प्रेमीलाई चासो र चिन्ताको विषय बन्न पुगेको छ। मिडियामा आउने नकारात्मक टिप्पणीहरु र उनले भोलिको दिनमा गर्न सक्ने उपलब्धिहरुको बारेमा चासो दिनु हाम्रो कर्तब्य पनि हो। हाम्रा […]

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

काठमाडौँ, २ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरिन । राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भण्डारीसमक्ष कार्यवाहक अध्यक्ष ओझाले प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी राष्ट्रपति […]

विकास निर्माणका काममा अनावश्यक मुआब्जा माग्ने प्रवृत्ति बढ्यो– प्रधानमन्त्री

काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति गुनासो व्यक्त गरेका छन । प्रधानमन्त्री ओलीले भने, “आफ्नो जग्गा वा सम्पत्ति बिक्री गर्दा राज्यलाई कम राजश्व तिर्न परोस् भन्ने मान्यता राख्ने, तर सरकारसँग लिन परे भने असाध्यै धेरै माग्ने प्रवृत्ति हावी भयो । यस्तो प्रवृत्तिले विकास निर्माणको काममा […]

सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने: मन्त्री पण्डित

काठमाडौँ, २ मङ्सिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताए । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए । मन्त्री पण्डितले […]

मृगौलापीडित प्रधानमन्त्रीले मृगौलापीडितकै सुविधा खोसेको गम्भीर आरोप

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् मृगौला पीडित भएर पनि आफूहरुको समस्यामा गम्भीर नभएको भन्दै मृगौला पीडित सरोकार समाजले आज राजधानीमा प्रदर्शन गरेको छ । आफूहरुलाई उपलब्ध हुँदै आएको सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पसेका उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नपाएपछि उनीहरुले प्रदर्शन गरेका हुन् । मृगौला […]

प्रतिस्पर्धा नेकपा र काँग्रेसकै बीचमा

चितवन, २ मङ्सिर । यही मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका तीनवटा वडामा निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका–१६ मा पाँच, खैरहनी नगरपालिका–४ र ५ मा चार/चारजना उम्मेदवार रहेका छन् । पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टी चुनावी […]

९८ वर्षीय मतदाताको आशीर्वाद – ‘जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू’

पोखरा, २ मङ्सिर । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् । प्रत्येक दिनको घरदैलोको शुरुआत उम्मेदवारहरूले सकेसम्म सम्बन्धित ठाउँको ज्येष्ठ मतदाताबाट आशीर्वाद लिएर गर्ने गरेका छन् । सामान्यतः ज्येष्ठ मतदाताको पनि आर्शीवाद एउटै हुन्छ, ‘चुनाव जित्नू, कसैको मन नदुखाउनू ।’ चुनाव प्रचारप्रसारकै क्रममा नेपाली कांग्रेसका […]

लिपुलेक मिचिएपछि विरोध भइरहँदा नेपाल भारतबीचको पश्चिमी नाका बन्द

बैतडी, २ मंसिर । भारतले नयाँ नक्सा सार्वजनिक गरेर नेपाली भूमी मिचेपछि त्यसको व्यापक विरोध भइरहेको छ । धेरै नेपालीहरु अहिले दार्चुलाको कालापानी, लिपुलेक, पूर्वको इलाम पाँचथरका मिचिएका सिमामा पुग्ने क्रम पनि जारी छ । जनस्तरबाट व्यापक विरोध भइरहे पनि सरकारी तवरमा भने त्यति ठूलो विरोध वा समस्या समाधानका लागि पहल थालिएको छैन । यसैबीच […]

प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री बनाउने वचन बिर्सेका त छैनन ?

भक्तपुर, २ मङ्सिर । राजनीति गर्नेहरुका लागि पदले बिशेष महत्व राख्दछ । पदले काम गर्न सहज हुने आम राजनीतिकर्मीको बुझाइ हुन्छ । कोही नेताहरु पद नपाउदा पनि काम गर्न सक्छन भने कोही पद पाएर पनि प्रभावकारी तरीकाले काम गर्न नसक्ने खालका पनि हुन्छन । नेकपा नेतृत्वको सरकार यस्तै काम गर्न नसक्ने मन्त्रीका कारण आलोचित छ […]

नाइट क्लबमा पूर्वराजा शाह र हिमानीले डान्स गरे, मन्दिरपछि नाइट क्लब धाउन थालेको खुलासा

काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन्। शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती गरेको भिडियो सार्वजनिक भएको छ। नाइट क्लबमा पुगेर शाहले विदेशी र स्वदेशी ग्राहकसँगसँगै नाचगानमा सहभागी भए। शाहले नाचकै क्रममा आफ्नो लगाएको कोट पनि […]