लिपुलेक मिचिएपछि विरोध भइरहँदा नेपाल भारतबीचको पश्चिमी नाका बन्द

बैतडी, २ मंसिर । भारतले नयाँ नक्सा सार्वजनिक गरेर नेपाली भूमी मिचेपछि त्यसको व्यापक विरोध भइरहेको छ । धेरै नेपालीहरु अहिले दार्चुलाको कालापानी, लिपुलेक, पूर्वको इलाम पाँचथरका मिचिएका सिमामा पुग्ने क्रम पनि जारी छ । जनस्तरबाट व्यापक विरोध भइरहे पनि सरकारी तवरमा भने त्यति ठूलो विरोध वा समस्या समाधानका लागि पहल थालिएको छैन ।

यसैबीच भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो ।

मंसिर ८ गते (नोभेम्बर २५ तारिख) भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशीलताको कारण मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

Loading...