कर्मचारी समायोजनले पारेको असरस् गाउँपालिकाको कुनै वडामा पनि सचिव छैनन

बैतडी । बैतडीको सिगास गाउँपालिकाका नौवटै वडा सचिवबिहीन छन्। वडामा सचिव नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

सचिवबिहीन रहेका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिएर काम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए ।

साविकको ६ गाविसका ६ प्राविधिक सहायकलाई नौवटा वडा हेर्ने गरेर जिम्मेवारी दिइएको छ । तीनजनाले दुई वडा र अन्य तीन जनाले एक–एक वडामा काम चलाइरहेको प्रमुख प्रशासकीय अधिकृत अवस्थीले बताए । कर्मचारी समायोजन भएपछि वडा कार्यालय कर्मचारीबिहीन भएका हुन् ।

वडा कार्यालयमा कर्मचारीको अभावले कार्यसम्पादनमा समस्या हुने गरेको र यसले सेवाग्राहीलाई समस्या भएको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले बताइन् । गाउँपालिकामा समेत दुईजना मात्रै कर्मचारी छन् ।

Loading...