सातै प्रदेशमा प्रतिष्ठान स्थापना गरिने: मन्त्री पण्डित

काठमाडौँ, २ मङ्सिर । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताए । प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए । मन्त्री पण्डितले […]

मृगौलापीडित प्रधानमन्त्रीले मृगौलापीडितकै सुविधा खोसेको गम्भीर आरोप

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् मृगौला पीडित भएर पनि आफूहरुको समस्यामा गम्भीर नभएको भन्दै मृगौला पीडित सरोकार समाजले आज राजधानीमा प्रदर्शन गरेको छ । आफूहरुलाई उपलब्ध हुँदै आएको सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पसेका उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नपाएपछि उनीहरुले प्रदर्शन गरेका हुन् । मृगौला […]

प्रतिस्पर्धा नेकपा र काँग्रेसकै बीचमा

चितवन, २ मङ्सिर । यही मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि जिल्लाका तीनवटा वडामा निर्वाचन हुँदैछ । भरतपुर महानगरपालिका–१६ मा पाँच, खैरहनी नगरपालिका–४ र ५ मा चार/चारजना उम्मेदवार रहेका छन् । पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली काँग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टी चुनावी […]

९८ वर्षीय मतदाताको आशीर्वाद – ‘जनताको सेवा गर्नू, कसैको मन नदुखाउनू’

पोखरा, २ मङ्सिर । उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् । प्रत्येक दिनको घरदैलोको शुरुआत उम्मेदवारहरूले सकेसम्म सम्बन्धित ठाउँको ज्येष्ठ मतदाताबाट आशीर्वाद लिएर गर्ने गरेका छन् । सामान्यतः ज्येष्ठ मतदाताको पनि आर्शीवाद एउटै हुन्छ, ‘चुनाव जित्नू, कसैको मन नदुखाउनू ।’ चुनाव प्रचारप्रसारकै क्रममा नेपाली कांग्रेसका […]

लिपुलेक मिचिएपछि विरोध भइरहँदा नेपाल भारतबीचको पश्चिमी नाका बन्द

बैतडी, २ मंसिर । भारतले नयाँ नक्सा सार्वजनिक गरेर नेपाली भूमी मिचेपछि त्यसको व्यापक विरोध भइरहेको छ । धेरै नेपालीहरु अहिले दार्चुलाको कालापानी, लिपुलेक, पूर्वको इलाम पाँचथरका मिचिएका सिमामा पुग्ने क्रम पनि जारी छ । जनस्तरबाट व्यापक विरोध भइरहे पनि सरकारी तवरमा भने त्यति ठूलो विरोध वा समस्या समाधानका लागि पहल थालिएको छैन । यसैबीच […]

प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री बनाउने वचन बिर्सेका त छैनन ?

भक्तपुर, २ मङ्सिर । राजनीति गर्नेहरुका लागि पदले बिशेष महत्व राख्दछ । पदले काम गर्न सहज हुने आम राजनीतिकर्मीको बुझाइ हुन्छ । कोही नेताहरु पद नपाउदा पनि काम गर्न सक्छन भने कोही पद पाएर पनि प्रभावकारी तरीकाले काम गर्न नसक्ने खालका पनि हुन्छन । नेकपा नेतृत्वको सरकार यस्तै काम गर्न नसक्ने मन्त्रीका कारण आलोचित छ […]

नाइट क्लबमा पूर्वराजा शाह र हिमानीले डान्स गरे, मन्दिरपछि नाइट क्लब धाउन थालेको खुलासा

काठमाडौं, पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा सहभागी भएका छन्। शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती गरेको भिडियो सार्वजनिक भएको छ। नाइट क्लबमा पुगेर शाहले विदेशी र स्वदेशी ग्राहकसँगसँगै नाचगानमा सहभागी भए। शाहले नाचकै क्रममा आफ्नो लगाएको कोट पनि […]

सत्य निरुपण र वेपत्ता आयोगको पदाधिकारी बन्न ६१ जनाको लाइन

काठमाडौँ, २ मङ्सिर । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज नाम सार्वजनिक गरिएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिए […]

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, १ मङ्सिर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ क प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन । काँग्रेस नेतासमेत रहनुभएका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । सभापति देउवाले उनको निधनको खबरले अत्यन्तै […]

सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउँछ: मन्त्री भण्डारी

सुर्खेत, १ मङ्सिर । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सूचना र प्रविधिले ज्ञानको क्षितिज बढाउने बताए । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा इनोभेटिभ भिजनको आयोजना तथा संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशको संयोजनमा दुई दिनसम्म सञ्चालन हुने ‘कर्णाली प्रदेशसभा सदस्यका लागि सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम’ विषयक कार्यशालाको […]