नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले एक महिनाअघि सम्पन्न १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रारम्भिक विवरण सार्वजनिक गर्दै महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको […]

एमालेले गुमायो ७ सिट, कांग्रेसलाई ३ सिट फाइदा

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा सत्तागठबन्धनलाई फाइदा पुगेको छ । राष्ट्रियसभाका रिक्त १९ सिटमा भएको निर्वाचनमा सत्ता गठबन्धन हाबी भयो । राष्ट्रियसभाका कांग्रेसको ३ सिट थपिएको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीलाई एक–एक सिट थपेका छन् । २४ सिट रहेको नेकपा एमाले अब १७ सिटमा खुम्चिएको छ । सत्तागठबन्धनमा रहेका दल नेपाली कांग्रेस, नेकपा […]

मत बराबर भएर गोलाप्रथाबाट पराजित भए एमालेका उम्मेदवार

विराटनगर । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे । राई […]

राष्ट्रियसभा निर्वाचनमा १८ जनप्रतिनिधिले गरेनन् मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा २००७ मतदाताले मतदान गरेका छन् । बुधबार भएको मतदानमा २०२५ मतदातामध्ये २००७ जनाले मतदान गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यस अनुसार १८ जना जनप्रतिनिधि मतदान गर्न अनुपस्थित भए । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि नौ दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

कर्मचारी समायोजन र भर्नासम्बन्धी दुई दर्जन मुद्दामाथिको बहस सकियो

काठमाडौं, ११ माघ । कर्मचारी समायोजन तथा भर्ना सम्बन्धीमा परेका दुई दर्जन मुद्दामा सर्वोच्च अदालतमा मंगलबार बहस सकिएको छ। सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा बहस गरेका हुन्। बहस सकिएकाले आजै फैसला आउनसक्ने सम्भावना छ। अहिले न्यायाधीशहरु आन्तरिक छलफलमा छन्। ती मुद्दामा पुस २९ गतेदेखि सर्वोच्चमा सुनुवाई शुरु भएको थियो। सर्वोच्चमा […]

आयोगले सरकारलाई भन्यो : स्थानीय तह निर्वाचन मिति यथाशिघ्र तोकियोस्

काठमाडौं, ११ माघ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्न सरकारलाई भनेको छ। आयोगका सहप्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति निकालेर सरकारलाई यथाशीघ्र स्थानीय तह निर्वाचनको मिति तोक्न आग्रह गरेका हुन्। ‘२०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोस्रो चरण र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ […]

नेपालमा भ्रष्टाचारको अवस्था गत वर्षको जस्तै

काठमाडौं, ११ माघ । नेपालको सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले आज जर्मनीमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपाल गत वर्षकोझै ३३ अंक पाएर ११७ औं स्थानमा रहेको छ । नेपालले यो वर्ष १०० मा ३३ अंक पाएको छ । गत वर्ष पनि […]

यी पाँच प्रमुख कारणले नेपालको अर्थतन्त्र जोखिममा रहेको विश्व आर्थिक मञ्चको पहिचान

काठमाडौं । विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले सन् २०२२ मा नेपालका लागि पाँचवटा जोखिम पहिचान गरेको छ। यस वर्ष मञ्चले सार्वजनिक गरेको ‘ग्लोबल रिस्क रिपोर्ट’ले नेपाल विभिन्न पाँच कारणले जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। मञ्चका अनुसार जोखिम १ अन्तर्गत नेपालले काम गर्ने उमेरका जनसङ्ख्या लागि कामको सम्भावना र मापदण्डको संरचनात्मक ह्रासको सामना […]

शेखर पक्षको भर्चुअल भेला: गठबन्धनलाई चुनावसम्म लैजान नहुने निष्कर्ष

काठमाडौं, १० माघ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारूढ गठबन्धनसँग मिलेर चुनाव जाने तयारी गरिरहेको भन्दै कांग्रेसका संस्थापनइतर समूहले आक्रोश पोखेको छ। नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूसँग त्यसबारे सोमबार भर्चुअल रूपमा संवाद गरेका छन्। सभापति देउवा गठबन्धनसँग मिलेर चुनावमा जान खोजिरहेको विषयमा कोइरालाले नेताहरूको राय लिएका थिए। ‘आफ्ना केही नजिकका मानिसहरूलाई […]

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ–ठाउँमा जग्गा

सुर्खेत, १० माघ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । हुम्लाको सिमकोट ६ […]