काठमाडौं । सरकारले शिक्षक अस्पताल बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित भगवानपुरमा शिक्षक अस्पताल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको जग्गा खोजी र सम्भाव्यता अध्ययन समितिले चितवन, भक्तपुर र मकवानपुरमा शिक्षक अस्पताल स्थापना गर्न सक्ने सिफारिस गरेको थियो […]
राजनीति
शहीद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
काठमाडौं, १६ माघ । शहीद दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिनु भएका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल र सम्बद्ध सबैलाई जनताको हितका लागि समर्पित हुन सहिद दिवसले हौसला प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । शहीद दिवसको अवसरमा एक सन्देश दिंदै राष्ट्रपति भण्डारीले शसहिदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक […]
नेपाल कम्युनिष्ट पार्टीले निकाल्यो अध्यक्ष ऋषि कट्टेललाई
काठमाडौं, १६ माघ । नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीबाट निस्काशन गरेको छ। गोरखाको कट्टेलडाँडाका ऋषिराम लामो समयदेखि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष थिए। अध्यक्ष कट्टेललाई कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीले साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निकालेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन्। दलको अहितमा काम गरेको आरोपसहित कट्टेललाई पार्टीले स्पष्टीकरण सोधेको थियो। केन्द्रीय समितिले […]
प्रतिनिधिसभाको बैठक फेरि सर्यो, अब माघ २६ गते बस्ने
काठमाडौं, १६ माघ । प्रतिनिधिसभाको बैठक पुन: १० दिन पछि सरेको छ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले […]
आज शहीद दिवस मनाइँदै
काठमाडौं, १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । वि।सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी शहीद सप्ताह मनाउने गर्दछ […]
जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनको सुझाव
काठमाडौं, १५ माघ । सत्तारुढ गठबन्धनको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मशान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अब निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको […]
संसद बैठक भोलि, सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
काठमाडौ, १० माघ । सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितीको बैठक बोलाएका छन्। आइतबार बिहान ११ बजे वीरेन्द्र अन्तरास्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा परामर्श समितिको बैठक डाकिएको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन्। ‘भोलि बिहान ११ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ,’ न्यौपानेले भने, ‘दशौँ अधिवेशनका हरेक बैठक बस्नुअघि […]
प्रधानमन्त्रीको युटर्न – ऐन संशोधन नगरौं, तत्काल स्थानीय निर्वाचन गरौं
काठमाडौं, १५ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन ऐन २०७३ को संशोधन नगर्ने र स्थानीय तहको निर्वाचन चाँडै नै गर्ने प्रस्ताव राखेका छन् । स्थानीय तह निर्वाचन ऐनअनुसार आगामी जेठ ५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै निर्वाचन आयोगले वैशाखभित्र निर्वाचन गर्न प्रस्ताव गरेको छ । तर सत्तारुढ पाँच दलले संविधानसँग बाँझिएको भन्दै […]
सत्ता गठबन्धनको बैठक फेरि अपराह्न ४ बजे बस्ने
काठमाडौं, १५ माघ । स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै छलफल भएको थियो। उक्त छलफलबाट पनि निर्वाचनको मितिबारे टुंगा नलागेपछि पुनः गठबन्धनको […]
न्याय सेवा आयोगको बैठक बोलाइयो
काठमाडौं, १४ माघ । शुक्रबार २ बजेका लागि न्याय सेवा आयोगको बैठक बोलाइएको छ । जिल्ला न्यायाधीशको परीक्षाको नतिजाबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ । आयोगमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, महान्यायाधिवक्ता खम्मबहादुर खाती र लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी […]










