गोकर्ण विष्टमाथि अन्याय, रोजगार क्षेत्रका माफिया भोजभतेरमा

काठमाडौं ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको नाम चर्चामा छ । अन्य मन्त्रीसँगै उनलाई समेत हटाउने हल्लाले वैदेशिक रोजगारसँग सम्बन्धित केहीले भने भोज नै गरिरहेका छन् । कहिले भने उनीहरूले प्रधानमन्त्री ओलीलाई समेत प्रभावमा पारेको आरोप छ । लामो समयदेखि भ्रष्टाचार र […]

यसरी फेरे प्रम ओलीले मन्त्रिपरिषद, हल्ला चलेका परेनन, नामै नआएका भए मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलका केहि मन्त्रीहरु फेरिएका छन् । फेरिएको मन्त्रिपरिषद फेरिदै गर्दा मिडियामा हल्ला चलाउनेहरु कतिपय अनुहार परेनन भने कतिपय नामै नअाएका परेका छन ।  मन्त्रीमण्डलमा ९ जना नयाँ अनुहारले त्यति नै संख्यामा पुराना मन्त्रीलाई प्रतिस्थापन गरेका छन् । ६ मन्त्री र ३ राज्यमन्त्री गरी नौजना नयाँ अनुहार थपिएका हुन् […]

ओली पाँच वर्ष नै प्रधानमन्त्री, पार्टीको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं ४ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । […]

नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ: भक्तपुर नगरपालिका

भक्तपुर ,४ मंसिर । नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले उक्त जग्गाको […]

उपसभामुखले गरिन् मन्त्रीको प्रस्ताव अस्वीकार

काठमाडौं ४ मंसिर । उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल भएको छ ।  बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका नेकपा अध्यक्ष समेत रहेका ओलीले आजै बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न र मन्त्रीको सपथ लिन आग्रह गरेका थिए । तर ओलीको प्रस्ताव तुम्बाहाम्फेले अस्वीकार गर्दै निर्वाचित पदाधिकारी हुँदाहुँदै […]

बालुवाटारमा मन्त्रिमण्डल पुनर्गठनका लागि सुरु भयो नेकपाको बैठक, खनाल र पोखरेल अनुपस्थित

काठमाडौँ ४ मंसिर । नयाँ मन्त्री चयनबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले मन्त्रिमण्डल पुनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । यसका साथै पार्टी एकीकरणबारे समेत छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए । आजको बैठकमा अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, […]

यि हुन् बिदाई हुने मन्त्रीहरु

काठमाडौं ४ मंसिर । सरकारका कामकारबाहीका विषयमा आलोचना भइरहदा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि गरेको मन्त्रिपरिषद पुनर्गठनको तयारीलाई आज बुधबार अन्तिम निष्कर्षमा पुर्याउने भएका छन् । त्यसका लागि आजै बस्ने सचिवालयको बैठकबाट अनुमोदन गराएर नयाँ बन्ने मन्त्रीहरुको नामावली राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउन लागेको बालुवाटार स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुको सामूहिक […]

१०३ सीमास्तम्भ गायव हुँदा पनि बाँके र बर्दियामा सरकार चुप

नेपालगञ्ज, ४ मंसिर । बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल(भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य […]

पराधिन शासक, कमजोर राष्ट्रियता र शक्तिशाली आन्दोलनको अपरिहार्यता

तात्कालिक नेपाल र तात्कालिक भारतस्थित ब्रिटिसको इष्ट इण्डिया कम्पनिबीच सन् १८१६ मा सुगौली सन्धि हुनुभन्दा अगाडिको नेपाल अहिलेभन्दा करीब ६० प्रतिशतले ठूलो थियो । त्यो नेपाल पूर्वमा टिस्टा, पश्चिममा सतलज र दक्षिणमा गंगा मैदानसम्म फैलिएको थियो । उक्त सुगौली सन्धिबाट नेपाल पूर्वमा मेची नदी, पश्चिममा महाकाली (काली), उत्तरमा हिमश्रृंखला (चीन) र दक्षिणमा तराई दशगजा सिमासम्म […]

बालुवाटारमा ओली–प्रचण्डको निर्णायक छलफल

काठमाडौँ ३ मंसिर । मन्त्रिमण्डल पुनर्गठन गर्नुअघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का शीर्ष नेताहरु अन्तिम गृहकार्यमा जुटेका छन् । मन्त्रिमण्डलमा थपिने र बाहिरिने मन्त्रीहरुको टुङ्गो लगाउन प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच कस–कसलाई मौजुदा मन्त्रिपरिषदबाट बिदा […]