राप्रपाको पाँचौं प्रवक्तामा मनोनीत भए ज्ञानेन्द्र शाही

काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी […]

घरजग्गा र सेयर कर्जामा कडाइ, उत्पादनशील क्षेत्रको ब्याजदर सस्तो बनाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ। यसअनुसार राष्ट्र बैंकले घरजग्गा तथा आयात लगायत अनुपादक क्षेत्रमा जाने कर्जाको सीमा पुनरवलोकन गर्ने भएको छ। केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सो व्यवस्था गरेको हो। समीक्षामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका […]

ज्ञानेन्द्र शाही राप्रपामा भोलि प्रवेश गर्दै

काठमाडौं, ५ फागुन । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । राप्रपाको हिजो बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको हो । समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने […]

केपी ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

काठमाडौ, ५ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो । अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक […]

जबर्जस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न खनालको चेतावनी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन आफ्नो पार्टीको नदिने अडान समेत दोहोर्याए । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै […]

स्थानीय तहको निर्वाचन रोक्न माग भएको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । स्थानीय तह निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको एकल इजलासले बुधबार सो आदेश दिएको हो । गत माघ २६ गते महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले दायर गरेको रिट सर्वोच्च अदालतका रजिस्टारले दर्ता गर्न अस्वीकार गरेका […]

एमसीसीविरुद्धको हस्ताक्षर सरकारलाई पठाइयो

खोटाङ । खोटाङमा एमसीसी सम्झौताविरुद्ध हस्ताक्षर संकलन गर्दै नेपाल सरकारसमक्ष पठाइएको छ । एमसीसी सम्झौता फिर्ताका लागि दबाबस्वरूप नागरिक समाजकातर्फबाट बुधबार दिक्तेल बजारमा संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई पठाइएको हो । दिक्तेल बजारमा संकलित हस्ताक्षर नागरिक समाजकातर्फबाट जयप्रसाद आचार्यले सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । दिक्तेल बजारमा एमसीसी सम्झौताविरुद्ध […]

अख्तियारले दायर गर्यो मृत्यु भइसकेका व्यक्तिसहित तीनविरुद्ध १ करोड ३५ लाखको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालत काठमाडौंमा आज अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्य दुई जनामा बिष्णुकान्तका छोरा नविन कुमार मिश्र र ग्याल्जेन एण्ड तामाङ्ग प्रा.लि. र रसुवा […]

एमसीसी विरुद्धमा प्रदर्शन गर्ने र प्रहरीबीच बानेश्वरमा घम्साघम्सी

काठमाडौं । संसद् बैठक बस्न लाग्दा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । प्रदर्शनकारीहरू निषेधित क्षेत्र पार गर्न अगाडि बढेपछि प्रहरीले उनीहरूलाई बल प्रयोग गरेर हटाउने क्रममा घम्साघम्सी भएको हो । प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले एमसीसी खारेज गर, एमसीसी […]

एमसिसीविरुद्ध नारायणकाजी श्रेष्ठ सडकमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसिसीविरुद्ध सडकमा उत्रिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएपछि नयाँ बानेश्वरमा भइरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका हुन् । माओवादी निकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् । माओवादीले संशोधनपछि मात्र एमसीसी […]