ज्ञानेन्द्र शाही राप्रपामा भोलि प्रवेश गर्दै

काठमाडौं, ५ फागुन । ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । राप्रपाको हिजो बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई राप्रपामा समाहित गर्ने निर्णय गरेको हो ।

समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाही भोली ६ गते राप्रपामा समाहित हुनेछन् ।

Loading...