सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने

 

माघ २,काठमाडौँ –  सभामुख अग्नि सापकोटाले आज बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ।

  नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहितका सांसदलाई पार्टीबाट निष्कासनको कारबाही गरे पनि सभामुखले मान्यता नदिएको आरोप लगाएको छ भने ,  १४ सांसदलाई गरेको कारबाहीको सूचना सभामुख सापकोटाले नटाँसेको भन्दै संसद अवरूद्ध गर्दै आएको छ।

सांसदहरूमाथिको कारबाहीको सूचना नटाँसेर  निकास दिनुपर्ने एमालेको माग छ।

एमाले प्रमुख सचेतक विशाल भट्टराइका अनुसार आज बोलिएको सर्वदलीय बैठकमा एकले सहभागी नहुने भएको हो  ।

Loading...