चर्चित अभिनेत्री रेखा थापाले गरिन् विवाह

काठमाडौं । नायिका रेखा थापा विवाह बन्धनमा बाँधिएकी छन्।

रेखाले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन्। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्।

बारेकोट गाउँपालिका वार्ड नं. ५ जाजरकोट स्थायी घर भई हाल अमेरिका बस्दै आएका शाही र रेखाबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ। 

नायिका थापाले आफ्नो विवाहबारे औपचारिकरुपमा केही बताएकी थिएनन् । सामाजिक सञ्जाल फेसबुकमा उनले पछिल्लोपटक प्रणय दिवसको अवसरमा स्टाटस लेख्दै सबैलाई शुभकामना दिएकी छन् । 

रेखाको निर्माता छविराज ओझासँग १० वर्षअघि डिभोर्स भएको थियो। चर्चित अभिनेत्री थापा हाल राजनीतिमा सक्रिय छिन्। उनी गएको मंसिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा उठेर पराजित भएकी थिइन्।

Loading...