राष्ट्रियसभा निर्वाचनमा १८ जनप्रतिनिधिले गरेनन् मतदान

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा २००७ मतदाताले मतदान गरेका छन् ।

बुधबार भएको मतदानमा २०२५ मतदातामध्ये २००७ जनाले मतदान गरेका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यस अनुसार १८ जना जनप्रतिनिधि मतदान गर्न अनुपस्थित भए ।

राष्ट्रियसभाका १९ सदस्य चयनका लागि नौ दलका ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Loading...