मृगौलापीडित प्रधानमन्त्रीले मृगौलापीडितकै सुविधा खोसेको गम्भीर आरोप

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् मृगौला पीडित भएर पनि आफूहरुको समस्यामा गम्भीर नभएको भन्दै मृगौला पीडित सरोकार समाजले आज राजधानीमा प्रदर्शन गरेको छ ।

आफूहरुलाई उपलब्ध हुँदै आएको सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पसेका उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नपाएपछि उनीहरुले प्रदर्शन गरेका हुन् । मृगौला पीडित सरोकार समाजले विभिन्न १४ बुँदे ज्ञापनपत्र अगाडि सारेको छ ।

आफूले विदेशमा र निजी अस्पतालमा उपचार गराएर राज्यको ढुकुटी सकेको तर पीडितका लागि सामान्य सुविधा पनि कटौति गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीप्रति आक्रोश पोखेका छन् ।

Loading...