यस वर्ष यार्सा संकलन बन्द गरिने

जाजरकोट, ९ वैशाख । यस वर्ष यार्सागुम्बा संकलन रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय, डोल्पाको अगुवाइमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले यस विषम परिस्थितिमा यार्सागुम्बा सङ्कलन रोक्ने निर्णय गरेको प्रजिअ सुरेश सुनारले जानकारी दिए । जिल्लाका अधिकांश जनप्रतिनिधिको उपस्थितिमा सो निर्णय गरिनाका साथै कोरोना त्रासका कारण बढेको […]

फेरि उदयपुरमै भेटिए ११ संक्रमित, नेपालमा संक्रमितको संख्या पुग्यो ४२

काठमाडौं, बैशाख । मंगलबार उदयपुरमा थप ११ जना काेराेनाका संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा […]

केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटी टेस्ट कोरोना पोजिटिभ

काठमाडौँ, ९ बैशाख ।  केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सलाई काेराेना पाेजिटिभ देखिएकाे छ । उनीहरुकाे आरडिटी गर्दा परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हाे । अहिले  उनीहरु दुबै जनाको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]

राजधानीमा समस्यामा परेका पत्रकारहरुलाई राहत वितरण

काठमाडौं, ९ बैशाख । क्रान्तिकारी पत्रकार संगठनले काठमाडौंमा रहेर पत्रकारिता गरिरहेका श्रमजीवी पत्रकारहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले गरेको लामो लकडाउनका कारण समस्यामा परेका श्रमजीवी पत्रकारहरुलाई संगठनले राहत वितरण गरिएको संगठनका केन्द्रीय अध्यक्ष डिल्लीराज रावतले जानकारी दिए । संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला उपाध्यक्ष शैलेश डंगोलको पहलमा […]

रास्कोट नपाद्वारा सुपथ मुल्य पसल सञ्चालन, तराइभन्दा कालिकोटमा सस्तो मुल्यमा खाद्यान्न

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले सुपथ मुल्य पसल सञ्चालन गरेको छ । लकडाउनको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन नगरले आरसिपी बजारमा सुपथ पसल सञ्चालन गरेको हो । नगरपालिका र हिमचुली कृषि सहकारी संस्थाको साझेदारीमा सञ्चालित ‘रास्कोट सुपथ मुल्य सहकारी पसल’ सोमबार उद्घाटन गरिएको छ । रास्काेट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल, नगर […]

मन्त्रिहरु कसैलाइ छलफल गर्न नदिइ २ अध्यादेश पारित भएको प्रमले सुनाए निर्णय, सेकेन्ड पनि ढिला नगरी राष्ट्रपतिद्वारा पारित

काठमाडौँ । देश काेराेना महामारीका कारण लकडाउनमा थलिएका बेला सरकारले भने एकाएक राजनैतिक दल विभाजन तथा दल अदल बदल सम्बन्धि अध्यादेश ल्याएकाे छ । साेमवार नै मन्त्रिपरिषदमा प्रधानमन्त्रीले सुनाएकाे त्याे अध्यादेश निकै रफ्तारमा साेमवार नै जारी भएकाे बताइएकाे छ । मन्त्रिहरुलाइृ छलफलका लागि समय नै नदिएर मन्त्रिपरिषदमा पारित भएकाे भनेर प्रधान्मन्त्री केपी शर्मा अाेलीले निर्णय […]

प्रधानमन्त्रीप्रति गगनको आक्रोश, प्रम ओलीलाई आँखा र कान जचाँउन आग्रह

काठमाडौँ । नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन आग्रह गरेका छन्। लामो लक डाउनका कारण लामो दूरी पार गर्दै घर जान भनेर बाटोमा निस्केका मजदुरका समस्या सञ्चार माध्यम, सामाजिक सञ्जालमा चर्को उठ्दै सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले ‘रहस्यपूर्ण’ भन्दै कटाक्ष गरेपछि थापाले उनको भनाईप्रति आपत्ति जनाएका हुन्। थापाले […]

राष्ट्रपति कार्यालयमा कार्यरत ४० जनामा कोरोना भेटिएपछि

काठमाडाैं । अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । अफगानिस्तान सरकारले यो विषयमा अहिलेसम्म केही पनि बताएको छैन । राष्ट्रपति अश्रफ […]

अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य दुई दशक यताकै कम

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा कच्च तेलको मूल्यमा गिरावट आएको छ । सोमबार अमेरिकामा तेलको मूल्य प्रति ब्यारेल १५ डलर भन्दा पनि कम भएको छ । पछिल्लो दुई दशकमा तेलको मूल्य सबैभन्दा कम भएको हो । कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश क्षेत्रमा लकडाउन रहेकाले तेलको माग कम हुँदा मूल्यमा गिरावट आएको हो । माग कम […]

प्रहरी पोशाकमा लगातार १२ घण्टा भन्दा बढी अन्धाधुन्ध गोली चलाएपछि १३ बढीको मृत्यु

काठमाडाैं । क्यानडाको नोभा स्कोसा प्रान्तमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १३ जनाको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीको जस्तै बर्दी लगाएका बन्दुकधारीले आक्रमण गरेका हुन् । ग्रामीण बजार पोर्तापिक्यू १२ घण्टासम्म ती व्यक्तिले गोल चलाएका हुन् । गोली लागेर मृत्यु हुनेमा २३ वर्षकी होइदी स्टेभेन्सन पनि छन् । […]