रास्कोट नपाद्वारा सुपथ मुल्य पसल सञ्चालन, तराइभन्दा कालिकोटमा सस्तो मुल्यमा खाद्यान्न

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाले सुपथ मुल्य पसल सञ्चालन गरेको छ । लकडाउनको समयमा खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन नगरले आरसिपी बजारमा सुपथ पसल सञ्चालन गरेको हो ।

नगरपालिका र हिमचुली कृषि सहकारी संस्थाको साझेदारीमा सञ्चालित ‘रास्कोट सुपथ मुल्य सहकारी पसल’ सोमबार उद्घाटन गरिएको छ । रास्काेट नगरपालिकाका प्रमुख काशिचन्द्र बराल, नगर उपप्रमुख मिमसरा बम (शाही), नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नगर कमिटी अध्यक्ष धर्मराज शाही (पोषण), नगर कार्यपालिका सदस्य मन तिरुवा, हिमचुली कृषि सहकारी संस्थाका बरिस्ठ प्रबन्धक रुपेन्द्र ऐडिको उपस्तिथिमा पसलको उद्घाटन गरिएको हो ।

नगरप्रमुख बरालले विश्वभर काेराेना भाइरसकाे महामारीले प्रभाव पारेकाे र नेपालमा पनि लकडाउन भएका बेला दुर्गममा पनि ठूलाे असर परेकाेले त्यसबाट जनतालाइ राहत दिन याे पहल गरिएकाे बताए । उनले रास्काेटबासीका लागि नगरपालिकाले अरु थुप्रै कामहरु पनि गरिरहेकाे बताए ।

सुपथ पसलले जनतालाई स्थानीय बजार भन्दा कम मुल्यमा सामान उपलब्ध गराउने जनाइएको छ ।

यस्तो छ पसलले सार्वजनिक गरेको मुल्य

Loading...