केन्द्रीय कारागार अस्पतालका दुई नर्सलाई आरडिटी टेस्ट कोरोना पोजिटिभ

पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी

काठमाडौँ, ९ बैशाख ।  केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सलाई काेराेना पाेजिटिभ देखिएकाे छ । उनीहरुकाे आरडिटी गर्दा परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हाे । अहिले  उनीहरु दुबै जनाको टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट गरिएको कोरोना भाइरसको परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक शागरकुमार राजभण्डारीले बताउनुभयो ।

दुबैजनालाई अहिले टेकुस्थित शुक्रराज अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ र उहाँहरुको नमूना पीसीआर परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयाे । सोमबार चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी करीब ४० जनाको आरडीटी परीक्षण गरिएकोमा दुई नर्समा कोरोना देखिएको हो ।

‘दुई पटक परीक्षण गर्दा पनि पोजेटिभ निस्किएपछि उनीहरुलाई टेकु अस्पतालको आइसोलेसनमा राखिएको हो ।

Loading...