सामाजिक सञ्जालमा उम्मेदवार र दलले बाहेक अरुले प्रचार गर्न नपाउने

    चैत२५, काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार र दलले बाहेक अरुले सामाजिक संजाल बात प्रचार गर्न नपाइने भएको छ ।   निर्वाचन आयोगले शुक्रबार आजकै मिति -२५ चैत- लागू गरेको आचार संहिता अनुसार सामाजिक सञ्जालमा प्रचार पोस्ट वा शेयर गर्न पनि पाइने  जनाएको हो । जारि आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा […]

बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित

चैत २५ ,काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।    घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत प्राप्त गरे   । गत शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज आएको हो । कांग्रेस निकट कानून व्यवसायीको नेतृत्वमा एउटा र […]

बतास समुहको होटल आनन्दमा सरकारले लगायो ताला

चैत २५,काठमाडौँ –  पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले संचालन गरेको होटल आनन्दको मूलगेटमा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ। नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो । पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार  विभिन्न शर्तअनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरे पछी  स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति […]

टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन्। शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्। उनलाई नेपाल सरकार मन्त्रिपरिषदको चैत २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो। पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको […]

‘ पाँच वर्षे कार्यकालमा ९० प्रतिशत काम गर्न सफल भएको छ ’: मेयर महर्जन

चैत २५ ,काठमाडौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो  पाँच वर्षको कार्यकालमा ९० प्रतिशत काम गर्न सफल भएको दावी गर्नुभएको छ । महानगरले बिहिबार आयोजना गरेको  प्रगति विवरण सार्वजनिक कार्येक्रममा  तथा  पत्रकार सम्मेलनमा उहाँले सात हजार भन्दा बढी साना ठूला योजना पाँच वर्षमा सम्पन्न भएको बताउनुभयो  । आफुले चुनावी पत्रमा घोषणा पत्रमा महानगरलाई स्मार्ट […]

१८ बैंकको सीडी रेसियो सीमाभन्दा माथि, ९० प्रतिशतमै कायम गर्न राष्ट्र बैंकको ताकेता

काठमाडौँ । सीडी रेसियो अर्थात कर्जा र निक्षेपको अनुपात ९० प्रतिशत भन्दा तल नै कायम राख्न नेपाल राष्ट्र बैंकले ताकेता गरिरहेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिले ९० प्रतिशत भन्दा कम कायम गर्नुपर्ने नेपाल राष्ट्र बैंकले नीति लिए पनि समिक्षा मार्फत असार मसान्तसम्म ९० प्रतिशत कायम गर्नुपर्ने बताएको थियो। तर पुनः अनौपचारिक रुपमा राष्ट्र बैंकले […]

काठमाडौंका मेयर शाक्यलाई सर्वोच्चमा उपस्थित हुन ७ दिने आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई अदालतमा उपस्थित हुन सात दिने अल्टिमेटमसहित आदेश दिएको छ । अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्चमा हाजिर हुन अादेश दिएपछि मेयर अहिले अाफ्ना निकटका कानुन व्यवसायीसँग परामर्श गरेकाे स्रोतले जनाएको छ । सर्वाेच्चले मेयर शाक्यसहित ४ जनालाई अदालतमा उपस्थित हुन भनेको छ । मेयर शाक्यले एेतिहासिक काष्ठमण्डपको मूर्ति विवादबारे अदालतले […]

बौद्ध गुरुजुबाट नेवा: धर्मगुरु प्रशिक्षण प्रदान गरिने

चैत २४, काठमाडौँ – नेपाल खड्गी सेवा समितिले  नाय् खड्गी ,सिंह र शाही जातिको धर्म गुरुजु प्रशिक्षण ( प्रवज्या संवर प्रदान – भिक्षु लुइगु )  कार्यक्रम संचालन गरेको छ  ।  परम्परादेखि रहिआएको जन्म देखि मृत्यु सम्मको सस्कारललाई सहज र सुचारु बनाइ राख्न समितिको अग्रसरतामा  भोलि शुक्रबार गुरुज्यु बात दिक्षित प्राशिक्षण दिन लागिएको हो । समितिका […]

बैंककबाट काठमाडौं उड्ने क्रममा दुबै टायर पड्किएको घटनाकाे छानबिन सुरु

  चैत २४.काठमाडौँ।   नेपाल वायु सेवा निगमले आफ्ने जहाज  बैंकक बात  काठमाडौं नियमित उडानको क्रममा दुवै टायर पड्किएको धटनाको बिषयमा छानबिन गर्ने शुरु गरेको छ  ।  निगमले आज एक बिज्ञप्ति निकाली यस घटनालाई अध्ययन, अनुसन्धान गरि प्रतिवेदन पेश गर्ने गरि निगम व्यवस्थापनले  Quality Assurance Department का निर्देशकको संयोजकत्वमा सात सदस्यीय एक उच्च स्तरीय छानविन उपसमिति […]

विस्केट जात्रा: भैरवनाथको रथमा अनधिकृत व्यक्तिहरु सवार हुन नदिने

 चैत २४ ,भक्तपुर-    सौर्यमासका आधारमा मनाइने देसको एकमा मात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का बिस्केट जात्रा शनिबार बाट सुरु भएको छ ।  भक्तपुरमा मनाइने विस्का जात्रा आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन तले भैरवनाथको रथ एक आपसमा तान्नु हो । उक्त रथ काष्ठकलाको एउटा उत्कृष्ट […]