‘ पाँच वर्षे कार्यकालमा ९० प्रतिशत काम गर्न सफल भएको छ ’: मेयर महर्जन

चैत २५ ,काठमाडौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो  पाँच वर्षको कार्यकालमा ९० प्रतिशत काम गर्न सफल भएको दावी गर्नुभएको छ ।

महानगरले बिहिबार आयोजना गरेको  प्रगति विवरण सार्वजनिक कार्येक्रममा  तथा  पत्रकार सम्मेलनमा उहाँले सात हजार भन्दा बढी साना ठूला योजना पाँच वर्षमा सम्पन्न भएको बताउनुभयो  ।

आफुले चुनावी पत्रमा घोषणा पत्रमा महानगरलाई स्मार्ट सिटि बनाउने नगरवासीलाइ दिएको बाचा तथा  आफूहरुको योजना ७५ प्रतिशत काम सकिएको समेत उहाँले बताउनुभयो  ।

मेयर चिरिबाबु महर्जनले  बाँकी २५ प्रतिशत काम सम्पन्न हुने बित्तिकै ललितपुर महानगरपालिकाको छुट्टै पहिचान बन्ने ललितपुर महानगरपालिकाका हुने   दावी गर्नु भयो  ।

उहाले कतिपय घोषणा पत्रमा नसमेटिएका समेत काम पनि आफूहरुले सम्पन्न गरेको सो अवसरमा बताउनु भयो  ।

Loading...