बतास समुहको होटल आनन्दमा सरकारले लगायो ताला

चैत २५,काठमाडौँ –  पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले संचालन गरेको होटल आनन्दको मूलगेटमा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ।

नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा शुक्रबार सरकारले ताला लगाएको हो ।

पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार  विभिन्न शर्तअनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरे पछी  स्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मशाला खाली गरिदिन गएको बिहीबार नै पत्राचार गरेको थियो  ।

कोषले  होटलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको जानकारी दिएको छ ।

 होटलका कर्मचारीले कोषका कर्मचारीलाई आज शुक्रबार भित्र प्रवेश गर्न नदिएपछि कोषका पदाधिकारी बीच केहि विवाद समेत भएको छ ।   कोषले बाहिरी मूल गेटमा ताल्चा लगाएर सूचना टाँसी गरेको छ । 

बतास समूहअन्तर्गत रहेको होटल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार नेपाल–भारतमैत्री धर्मशालाको सम्झौतामा उल्लेख गरिएका विभिन्न शर्तअनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरेको थियो ।

 

 

Loading...