बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित

चैत २५ ,काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।   

घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत प्राप्त गरे   ।

गत शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज आएको हो । कांग्रेस निकट कानून व्यवसायीको नेतृत्वमा एउटा र एमाले निकट कानून व्यवसायीको नेतृत्वमा अर्को गठबन्धन बनेको थियो ।

त्यस्तै महासचिवमा अधिवक्ता अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत प्राप्त गरे  ।

उपाध्यक्षमा  बिरेन्द्र केसी, सुरज खत्री, , पशुपति भण्डारी, उत्तम आचार्य  सुधिर कर्ण, हर्क रावल, तुलाराम गिरी र आशा राई विजयी भएका छन् । कोषाध्यक्षमा भरत रावत विजयी निर्वाचित भएका छन् । 
सदस्यहरुमा नारायण राई,  बिनिता नेपाली, , देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत,  किरण शाह, नरेश साह,  रुप सारु, सीता पौडेल, मनिका खड्का र सर्मिला थापा निर्वाचित भएका छन् । त्यस्तै अन्य सदस्यमा भरत लकाइ गुणराज आचार्य र  सन्तोष तिवारीले चुनाव जितेका छन् ।
Loading...