बैंककबाट काठमाडौं उड्ने क्रममा दुबै टायर पड्किएको घटनाकाे छानबिन सुरु

 

चैत २४.काठमाडौँ।   नेपाल वायु सेवा निगमले आफ्ने जहाज  बैंकक बात  काठमाडौं नियमित उडानको क्रममा दुवै टायर पड्किएको धटनाको बिषयमा छानबिन गर्ने शुरु गरेको छ  ।  निगमले आज एक बिज्ञप्ति निकाली यस घटनालाई अध्ययन, अनुसन्धान गरि प्रतिवेदन पेश गर्ने गरि निगम व्यवस्थापनले  Quality Assurance Department का निर्देशकको संयोजकत्वमा सात सदस्यीय एक उच्च स्तरीय छानविन उपसमिति गठन गरि उक्त उपसमितिले आफ्नो काम शुरु गरिसकेको जानकारी दिएको हो  ।  

गत शुक्रबार ( १ अप्रिल )  मा  १४१ जना यात्रु बोकेर  विमान बैंककको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलबाट टेक अफ गर्ने क्रममा जहाजको टायर पड्किएको जानकारी पाइलटले पाएका थिए ।   विमानको  प्राविधिक समस्या देखिएपश्चात् पाइलटको सुझबुझपूर्ण निर्णय बमोजिम विमानलाई रोकी विमानका यात्रु तथा कार्गोलाई ओराली विमानको प्राविधिक चेकजाँच गरिएको थियो ।

थाई एयरवेजका प्राविधिक टिमले उक्त विमानको चार वटै  टायर फेर्नुपर्ने सुझाव दिएअनुसार फेर्नुपर्ने आवश्यक  टायरहरु  कतार एयरवेजको विमानमार्फत  आइतबार विहान बैंकक पु¥याएर उक्त विमानको मर्मत गरिएको थियो । रद्द गरिएको उक्त उडानकासबै यात्रुहरुलाई निगमको नियमित उडानबाट मंगलबार   काठमाडौं ल्याइ सकिएको छ ।

   मर्मत सम्पन्न भएको उक्त  विमान निगमको नियमित उडानको रुपमा बुधबार  काठमाडौं अवतरण गरिसकेको छ ।

Loading...