बौद्ध गुरुजुबाट नेवा: धर्मगुरु प्रशिक्षण प्रदान गरिने

चैत २४, काठमाडौँ – नेपाल खड्गी सेवा समितिले  नाय् खड्गी ,सिंह र शाही जातिको धर्म गुरुजु प्रशिक्षण ( प्रवज्या संवर प्रदान – भिक्षु लुइगु )  कार्यक्रम संचालन गरेको छ  ।  परम्परादेखि रहिआएको जन्म देखि मृत्यु सम्मको सस्कारललाई सहज र सुचारु बनाइ राख्न समितिको अग्रसरतामा  भोलि शुक्रबार गुरुज्यु बात दिक्षित प्राशिक्षण दिन लागिएको हो ।

समितिका सम्रक्षक मनोज नेवा: खड्गीले  संकार ,परम्परा धान्न समुदाय भित्रैबाट पहल गर्न आजको आवस्यकता भएको महसुस भए बमोजिम गुरुजु प्रशिक्षण तथा दिक्षा प्रदान गरिन लागेको बताए । 

 काठमाडौँ महानगर पालिका १९ वडा स्थत चिबा: ख्यमा शुक्रबार बात प्रारम्भ हुने प्रशिक्षणमा १२ जानालाइ अध्येषणा र केशाधिवाशन शिक्षा दिइने  छ ।

 प्रा. नरेश  मान बज्राचार्य लगाएत अन्य  बौध गुरुजु बात प्रशिक्षार्थिहरुलाई बौध ज्ञान , भिक्षु आचरण प्रदान गरि बौध बिहारमा रहने गरि शिक्षा प्रदान गरिने छ  । 

Loading...