रहेनन् संसारकै सबैभन्दा गरीब राष्ट्रपति

उरुग्वे । उरुग्वेका पूर्व राष्ट्रपति जोसे अल्बर्टो मुजिका कोर्डानो (पेपे मुजिका) को ९० वर्षको उमेरमा निधन भएको छ। सरल जीवनशैली र समाजवादी विचारधाराका प्रतीक मुजिकाको निधनले विश्व समाजवादी आन्दोलनले एक महत्वपूर्ण नेता गुमाएको छ। सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका मुजिका ‘संसारकै सबैभन्दा गरीब राष्ट्रपति’ भनेर विश्वमा चर्चित थिए। उनले आफ्नो तलबको […]

पाकिस्तानद्वारा भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन

इस्लामाबाद । पाकिस्तानले भारतीय प्रधानमन्त्रीद्वारा हालै सार्वजनिक गरिएको अभिव्यक्तिलाई “उकास्ने र भडकाउने” भन्दै तीव्र विरोध जनाएको छ। परराष्ट्र मन्त्रालयको प्रवक्ताको कार्यालयमार्फत जारी गरिएको प्रेस विज्ञप्तिमा उक्त अभिव्यक्तिलाई “राजनीतिक स्वार्थ, गलत सूचना र अन्तर्राष्ट्रिय कानुनको खुला उल्लंघन” मा आधारित खतरनाक कदमका रूपमा चित्रण गरिएको छ। प्रेस विज्ञप्तिमा पाकिस्तानले हालै भएको युद्धविराम सम्झौतालाई सुदृढ पार्न आफू प्रतिबद्ध […]

कृतज्ञता दिवस मनाउने पाकिस्तानको घोषणा

न्यूजकारखाना, काठमाडौ । पाकिस्तानी प्रधानमन्त्रीले भारत विरुद्ध सफल सैन्य अपरेशनको सम्झनामा यूम ए ताशाकुर (कृतज्ञता दिवस) घोषणा गरेका छन् । प्रधानमन्त्री शेहबाज सरिफले घोषणा गरेका छन् कि देशले भारतीय आक्रमणको पाकिस्तानको उचित जवाफ र अपरेशन बुन्यान उम मार्सोसको सफलतालाई चिनाउन यूम ए ताशाकुर मनाउने भएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार भगवानप्रति कृतज्ञता […]

भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौ । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ। दुवै देशका सैन्य प्रमुखहरूबीच आज दिउँसो ३:३५ बजे भएको टेलिफोन संवादपछि युद्धविरामको सहमति जुटेको हो । सहमति अनुसार, शनिबार साँझ ५ बजेदेखि नै स्थल, जल, र आकाशमार्गबाट हुने सबै प्रकारका सैन्य कारबाहीहरू रोकिएका छन् । यो युद्धविराम अमेरिका, साउदी अरेबिया, र टर्कीको मध्यस्थतामा सम्भव भएको बताइएको छ। […]

भारत र पाकिस्तानबीच फेरि तनाव

काठमाडौ । भारत र पाकिस्तानबीचको तनाव पुनः चर्किएको छ। भारतले “अप्रेशन सिन्धूर” अन्तर्गत पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा नौ स्थानमा हवाई आक्रमण गरेको छ, जसलाई भारतले आतंकवादी संरचनाहरूको रूपमा वर्णन गरेको छ। यी आक्रमणहरू २३ अप्रिल २०२५ मा भारतीय-प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिकारस्वरूप गरिएको बताइएको छ, जसमा २६ जना, प्रायः भारतीय पर्यटकहरू, मारिएका थिए […]

पुरानै शैलीमा भारतले आरोप लगायो, तटस्थ छानबिनका लागि तयार छौं : पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतलाई आरोप–प्रत्यारोपको राजनीति बन्द गर्न आग्रह गरेका छन् । भारतको जम्मू कस्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलाको विषयलाई लिएर भारतले पुरानै शैलीमा पाकिस्तान माथि आरोप लगाइरहेको भन्दै उनले त्यसो नगर्न आग्रह गरेका हुन् । पाकिस्तान मिलिटरी एकेडेमीमा आयोजित क्याडेट्सको पासिङ आउट परेडलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री शरीफले पाकिस्तान पहलगाम घटनामा तटस्थ, पारदर्शी […]

भारतको जम्मू-कश्मिरमा आतंकवादी हमला हुँदा एक नेपालीको निधन

भारतको जम्मू – कश्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलामा परी एक नेपालीको ज्यान गएको छ । उनी पर्यटकको रुपमा रहेका बेला हमलाको शिकार भएका छन् । भारतीय सञ्चार माध्यमले जनाए अनुसार ज्यान गुमाउने ब्यक्ति संदीप न्यौपाने हुन् । २६ जनाले आक्रमणमा परेर ज्यान गुमाएका र दुई दर्जनको पहिचान खुलेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।  आतंकबादी […]

आज लेलिन दिवस, यस्ता छन् उनका यादगार भनाइ

काठमाडौ । आज लेलिन दिवस, अर्थात् रुसी क्रान्तिका अगुवा नेता तथा मार्क्सवादी विचारक भ्लादिमिर इलिच उल्यानोभ ‘लेलिन’को जन्मदिवस, नेपालमा समेत विभिन्न कार्यक्रमहरूका साथ मनाइदैँ छ। लेलिनको जन्म सन् १८७० अप्रिल २२ मा रसियाको सिम्बिर्स्क (हाल उल्यानोभ्स्क) शहरमा भएको थियो। उनले कार्ल मार्क्सका सिद्धान्तहरूलाई व्यवहारमा उतार्दै सन् १९१७ मा बोल्शेभिक क्रान्तिको नेतृत्व गरेका थिए, जसको फलस्वरूप […]

हामीले दिनहुँ खाने नुनबाट चीनले बनायो इन्धन

न्यूजकारखाना, काठमाडौं । हामीले दिनहुँ खानाको स्वाद बढाउने नुन माथी चीनले भने इतिहास रचेको छ।  चीनले संसारको पहिलो यस्तो थोरियम बनाएको छ, जसवाट चीनले आणविक रिएक्टर तयार गरेको छ। जसमा बिजुली मात्र उत्पादन भैरहेको छैन, अहिले चल्ने क्रममा नयाँ इन्धन पनि थपिएको छ । यो कारमा पेट्रोल भर्नु जस्तै हो, परमाणु प्रविधिमा यो पहिलो पटक […]

काठमाडौंमा मनाइयो पाकिस्तानको ८५औं राष्ट्रिय दिवस

काठमाडौं । मित्र राष्ट्र पाकिस्तानको ८५औं राष्ट्रिय दिवस काठमाडौमा मनाइएको छ । सो अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले मंगलबार होटल सोल्टीमा विशेष समारोह आयोजना गरेको थियो ।  समारोहमा नेपालका उपराष्ट्रपति डा. रामसहाय प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । साथै, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, […]