सरुवा रोगबाट बच्न माओवादी एमालेसंग नमिल्ने, जेठ २० बाट उपत्यका जागरण अभियान सुरु गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुर क्षेत्र सधैं परिवर्तनको पक्षमा उभिँदै आएको बताएका छन्। माओवादी केन्द्र कीर्तिपुर नगर समितिद्वारा आयोजित पिकनिक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले कीर्तिपुरले आफूलाई गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनाएको उल्लेख गरेका हुन् । उनले भने, “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ। […]

हेर्नुस् बजेटको पूर्णपाठ

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि  १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा साे बजेट प्रस्तुत गरेका हुन् । तलको लिङ्कमा हेर्नुस् बजेटको पूर्णपाठ बजेट २०८२/८३

सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं

आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ […]

शिक्षा मन्त्री भन्छन्- “पत्रकार महासंघको महासचिव हुँदै सांसद र मन्त्री भएको छु, मार्गदर्शन दिनुस्”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा क्षेत्रलाई सुनिश्चित र गुणस्तरीय गन्तव्यतर्फ लैजान शिक्षा विज्ञहरूको मार्गदर्शन आवश्यक भएको बताएका छन्। सोमबार कांग्रेस शिक्षा विभागद्वारा काठमाडौंमा आयोजित शिक्षा नीति बहसअन्तर्गत उच्च शिक्षाका आयाम विषयक विमर्षमा उनले उक्त कुरा बताएका हुन्। “संयोगले शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुपरेको छ, धेरै कुरा सिक्न बाँकी छ,” भन्दै उनले शिक्षा प्रणालीमा सुधार ल्याउन […]

ख्वपमा चौथो राष्ट्रिय सम्मेलन सम्पन्न

भक्तपुर, ९ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल, सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल मजदुर किसान पार्टीका सचिव, ख्वप कलेजका संस्थापक अध्यक्ष तथा संघीय सांसद प्रेम सुवालले सम्मेलनबाट प्राप्त निष्कर्ष नयाँ पुस्ताका विद्यार्थीहरूका […]

फेसबुकबाट नजिक, होटल पुगेपछि ‘हनिट्र्याप’

काठमाडौं । होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी […]

वाइसीएलको बागमती प्रदेश अध्यक्षमा नरेश रन्जित निर्वाचित

भक्तपुर,७ जेष्ठ । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग, नेपाल (वाइसीएल,नेपाल) बागमती प्रदेश समितिको अध्यक्षमा नरेश रन्जित निर्वाचित भएका छन्। बुधबार भक्तपुरको थिमिमा सम्पन्न प्रथम प्रदेश सम्मेलनको बन्द सत्रबाट रन्जितको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। नवनिर्वाचित अध्यक्ष नरेश रन्जित यसअघि वाइसीएलको केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला इन्चार्जको रूपमा सक्रिय […]

रोशीले रोकेको बिपी हाइवे सुचारु

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी-१२ माम्तिमा रोशी खोलाले डाइभर्सन बगाउँदा सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग सुचारु भएको छ ।  रोशी खोलामा आएको बाढीले राजमार्गमा डाइभर्सन बगाउँदा गएराति करिब ९ बजेदेखि नै यातायात अवरुद्ध भएको थियो ।  इलाका प्रहरी कार्यालय, मंगलटारले सडक बिभाग, प्रहरी, स्थानीय तह र सरोकारवाला निकायहरूको सहकार्यमा राजमार्ग खुलाउन सफल भएको बताएको छ।  […]

सुमेरु सहकारी संचालकबाट १५ अर्ब ६० करोड ठगी भएको भन्दै कार्वाहीको माग

काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरुले संचालकहरुले ठगि र संगठितरुपमा अपराध गरेको भन्दै कारवाहीको माग गरेका छन् ।   उनीहरुले आफूहरुको १५ अर्ब ६० करोड बचत संचालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।   बिहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सहकारी संचालकले […]

श्रममन्त्री भण्डारी भन्छन्, “श्रमिक हितमा कानून परिवर्तन आवश्यक छ”

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा ऐन र श्रम ऐनका अव्यवहारिक प्रावधानहरू संशोधन गर्न सरकार तयार रहेको बताएका छन्। ललितपुरमा नेपाल ट्रेड युनियन कांग्रेस र जापान अन्तर्राष्ट्रिय श्रम संस्था (जिलाफ)को सहकार्यमा आयोजित औद्योगिक सम्बन्ध र श्रम नीतिसम्बन्धी दुई दिने कार्यक्रम उद्घाटन गर्दै मन्त्री भण्डारीले श्रमिक हितमा कानून परिवर्तन आवश्यक […]