हाडे रोगको प्रकोप बढ्यो

सोलुखुम्बु, ७ चैत । सल्लेरीका जाङ्बु शेर्पाकी चार वर्षकी छोरी डोमा शेर्पालाई केही दिन अगाडि मम्सअर्थात् हाडे रोगले सतायो । डोमालाई जस्तै माउण्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूल एलकेजीमा पढ्दै गरेका आङफुरी तामाङलाई पनि उस्तै पीडा भयो । पछिल्लो समयमा डोमा र आङफुरीलाई मात्र होइन सल्लेरी वसन्त बजार क्षेत्रका अन्य थुप्रै केटाकेटीदेखि युवायुवतीलाई समेत यसको सङ्क्रमण […]

दुबै मृगौला फेल भएपछि विद्यार्थी नेता मल्ल आइसियुमा

काठमाडौं । अखिल क्रान्तिकारीका पूर्व नेता केबी मल्ल गम्भीर विरामी भएका छन् । दुबै मृगौला कमजोर भएपछि मल्ललाई आइसियुमा राखिएको छ । जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय […]

आँखा शिविरमा १०२ को शल्यक्रिया

डोटी, ३ चैत । नेपाल चेम्बर अफ कमर्श डोटी शाखाले  आयोजना गरेकोे आँखाको निःशुल्क शल्यक्रिया शिविरमा  १०२ लाभान्वित भएका छन् । यही चैत १ गतेदेखि पाँच दिनसम्म सञ्चालन हुने उक्त  शिविरमा दुई दिनमै १०२ जनाको शल्यक्रिया  गरिएको आयोजक संस्थाका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए । उहाँका अनुसार गत फागुन १७ देखि २७ गतेसम्म सञ्चालित निःशुल्क […]

अध्यक्ष दाहाल आज अमेरिका जाँदै

काठमाडौँ, ३ चैत  ः  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान गर्नुहुने भएको छ । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उहाँहरु आज साँझ अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र […]

विषाक्त मदिरा सेवन गर्दा छ जनाको मृत्यु

काठमाडौं । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गरेकाले बाबु—छोरासहित छ जनाको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यमा भएको सो घटनासँग जोडिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले मङ्गलबार जनाएका छन् । उनीहरूका अनुसार घटनास्थलमा २० जनाको प्रहरी टोली खटाइएको छ । सो टोलीले ७५ वटा भाडामा रहेको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले […]

फोहर विसर्जनस्थल निर्माण र जनता आवास कार्यक्रममा प्रगति

काठमाडौँ, २१ फागुन । सरकारले नुवाकोटको बञ्चरे डाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण शुरु गरेपछि सिसडोलका श्रीराम ढुङ्गानाको खुशीको सीमा नै छ । ककनी गाउँपालिका वडा नम्बर ३ सिसडोलका ढुङ्गाना १३ वर्षदेखिको पीडाबाट मुक्त हुँदैछन । विसं २०६२ मा तीन वर्षका लागि भन्दै सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन गरिँदै आएको हँुदा उनीहरुलाई दैनिक […]

कर्णालीका एक लाख नागरिकको स्वास्थ्य बीमा गरियो

सुर्खेत, १८ फागुन । कर्णालीका एक लाख नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । कार्यक्रम लागू भएको १९ महीनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लाका एक लाख ३९ हजार ५२० ले स्वास्थ्य बीमा गरेका हुन् । नागरिकको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्न तथा स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले […]

काठमाडौंमा हर्ब्स एक्स्पो हुँदै

काठमाडौं । आठौं नेपाल हर्ब्स् एक्स्पो काठमाडौंमा हुने भएको छ। नेपाल हर्ब्स् तथा हर्बल उत्पादक संघ फागुन १७ देखि तीन दिनसम्म ठमेलस्थित छाया सेन्टरमा हुने एक्स्पोमा हुने संघका अध्यक्ष गोविद घिमिरेले जानकारी दिए। ‘गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मुल नाराका हुने एक्स्पोमा ५० वटा स्टल रहने अध्यक्ष घिमिरेले […]

चिसोमा संक्रमण हुने फ्लुका कारण २ हजार ८०० को मृत्यु

एजेन्सी । फ्रान्समा चिसोमा संक्रमण हुने रोग, फ्लुको महामारीका कारण यस बर्षको शीतकालीन समयमा कम्तिमा दुई हजार ८०० जनाको मृत्यु भएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । फ्रान्सभर अक्टोबरदेखि फेब्रुअरी ३ गतेसम्म फ्लुका कारण मृत्यु हुनेमध्ये अधिकांश अर्थात् ७८ प्रतिशत नागरिकमा ७५ बर्षमाथिका वृद्धहरू भएको फ्लु र यसबाट परेका समस्याबारे तयार साप्ताहिक प्रतिवेदनमा बिहीबार उल्लेख […]

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड, ४ फागुन । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् । दुई छोराछोरी र आफूले नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गरेपछि मेडिकल अस्पतालका औषधि प्रयोग गर्नै छाडेको उनले बताए । छोरालाई आङको रोगले सताएपछि आयुर्वेदिक औषधि नियमित सेवनले रोग निको भएपछि यसमै विश्वास […]