दाँत माझ्ने कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने खतरानाक रसायन

काठमाडौं, २६ बैशाख । कोलगेट धेरैले दैनिक प्रयोग गर्ने मञ्जन हो । बिहानसाँझ दाँत माझ्न प्रयोग गर्ने यही कोलगेट मञ्जनमा एक अध्ययनबाट क्यान्सर विकास गर्ने खतरानाक रसायन भेटिएको छ । कोलगेटमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यको लागि हानिकारक मानिने रसायन भेटिएको हो। यो रसायनले क्यान्सरको कोष विकास गर्न सहयोग पुर्याउँने टक्सीकोलोजी नामक एक जर्नलले जनाएको छ । […]

काठमाडौं महानगरले जेष्ठ रअपाङगता-भएकालाई निःशुल्क एम्बुलेन्स सेवाको गर्यो सुभारम्भ

बैशाख १६ ,काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीको लागि जेष्ठ-तथा अपाङगता भएकालाई-निःशुल्क एम्बुलेन्स-सेवाको सुरुवाट गरेको छ । बिगत नौ बर्षदेखी सेवारत नेपाल एम्बुलेन्स सेवा (प्रि हस्पिटल केयर) बीच सञ्चालन तथा काठमाडौँ महानगर पालिकाले व्यवसथापन गर्ने गरि सम्झौता गरेको हो । महानगरपालिका प्रमुख शाक्यले कार्यक्रमलाई सम्बोधन गर्दै महानगरबासीका लागि ऐतिहासिक दिन भएको प्रतिक्रिया दिँदै महानगरवासीको लागि यो […]

स्मरणशक्ति बढाउने अचुक उपाय

– निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ । – नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ । – बिहानको समयमा ठिक्क मात्रामा कफी वा चिया पिउँदा दिमागलाई फुर्तिलो बनाउँछ । – बदाम, ओखर, हरियो सागपात, चकलेट र ग्रिन टी […]

देशैभरिबाट १४६ कुष्ठरोगीको पुनर्स्थापना

काठमाडौँ, १८ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बारा, पर्सा, नुवाकोट, चितवन र काठमाडौँलगायत देशैभरिबाट १४६ कुष्ठरोगीको पुनस्र्थापना गरेको छ । करीब ८० जना अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई समेत पुनस्र्थापना गरिएको मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिइ । अपाङ्गता भएका व्यक्तिलाई दुई हजार ४६४ थान सहायक सामग्री उत्पादन र वितरण (हालसम्म) गरिएको सहसचिव […]

युवा नेत्र सेवाबात संचालीत नवौ “एक कप चिया दान अभियान ”कार्यक्रम सम्पन्न

     चैत्र १६, काठमाडौँ / दैनिक एक कप चिया बराबरकाे संकलन रकम बात दृष्टिविहीनलाई उपचार तथा दृष्टि प्रदान गर्दै आएकाे संस्था “युवा नेत्र सेवा”को “नवाैं एक कप चिया दान” अभियान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।अभियानका अध्यक्ष सिद्धार्थ रञ्जितको सभापतित्वमा भएको कार्येक्रममा प्रमुख अतिथि बरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ अतिथिहरु बरिष्ट रचनाकार नवराज […]

अनौठो रोगः दुईको मृत्यु, चार ओछ्यानमा

खोटाङ, १५ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो । तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत […]

औषधि छ तर स्वास्थ्यकर्मी छैन

हुम्ला, १४ चैत । जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ । सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक दिन […]

रामपुर अस्पतालमा विशेषज्ञ सेवा ठप्प

रामपुर, ११ चैत । पाल्पाको रामपुर अस्पतालमा चिकित्सक अभावमा विशेषज्ञ सेवा ठप्प रहेको छ । पाल्पासँगै स्याङ्जा, तनहुँ, र नवलपुरका बिरामीले दैनिक सेवा लिने अस्पतालमा विशेषज्ञ सेवाका लागि नौ जनाको दरबन्दी भए पनि रिक्त रहेको छ । चिकित्सक मात्रै नभइ अस्पतालमा प्रशासकीय कर्मचारीसमेत नहुँदा समस्या छ । अस्पतालमा एक सुब्बा, लेखापाल र एक खरिदारको दरबन्दीसमेत […]

क्षयरोगसम्बन्धी स्वास्थ्य सर्वेक्षण शिविर शुरु

भद्रपुर, १० चैत । मेचीनगर नगरपालिका–९ स्थित फारामटोलका १५ वर्षमाथिका सबैको क्षयरोग जाँच शुरु गरिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले क्षयरोगसम्बन्धी स्थलगत अध्ययन कार्य प्रिभ्यालेन्स सर्वेक्षण अन्तर्गत आजदेखि क्षयरोग सम्बन्धी जाँच शुरु गरेको हो । वडा अध्यक्ष गोपाल खड्काका अनुसार, यस टोलमा १५ वर्षमाथिका ६०६ जना रहेका छन् । ती सबैजनालाई क्षयरोगको जाँच गर्न शिविरको […]

ग्रामीण स्वास्थ्यकर्मीहरुको राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौँ, ७ चैत । दशौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन यही चैत ११ देखि १३ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्ष्टिच्यूटद्वारा हरेक वर्ष आयोजना हुने सो सम्मेलनमा सातै प्रदेशबाट १२५ जना स्वास्थ्यकर्मीको सहभागिता रहने छ । ग्रामीण क्षेत्रका प्रभाव भैराखेका स्वास्थ्य सेवाका अवस्था, चुनौती र समाधानका उपायबारे छलफल, […]