लमजुङ, २ साउन । बेँसीशहर नगरपालिका–९ स्थायी ठेगाना र हाल चण्डीडाँडा–७ की बोनम्यारो क्यान्सरपीडित १९ वर्षीया सुष्मा दीक्षितलाई आर्थिक सहयोग गरिएको छ । ‘सुष्मा दीक्षित बचाऊ’ अभियानका लागि डेनमार्कमा रहेका ४५ नेपालीबाट सङ्कलन भएको एक लाख २७ हजार ५९७ बुधबार सुष्माकै घर पुगेर सुरेश घिमिरेका पिता खिमबहादुर घिमिरे एवं आमा विष्णुमाया घिमिरेले सुष्माकी आमा शान्ति […]
स्वास्थ्य
पैसाबारे दम्पती र साथीहरूबीच हुने विवादका चार कारण
के तपाईँले पैसाको विषयमा आफ्नो जीवनसाथीसँग विवाद गर्नु भएको छ? परिवारका अन्य सदस्य वा साथीहरूसँग नि? हामी पैसा बारे कुराकानी गर्न रुचाउँदैनौँ; यसो गर्नु अप्ठयारो वा अप्रिय लाग्नसक्छ। कसैका लागि यो अभद्र पनि हुनसक्छ। तर यस्तो हुँदाहुँदै पनि पैसाबारेको कुराकानीबाट सधैँ तर्किन सकिँदैन। र यसको कुराकानीको अन्त्य सधैँ राम्रो हुँदैन। हालै ब्रिटेनमा गरिएको एउटा अध्ययनका […]
बागलुङ अस्पतालले स्तनपानकक्ष सुरु गरेपछि आमाहरु खुसी
बाग्लुङ, १ साउन । धौलागिरि अञ्चल अस्पताल बागलुङले स्तनपानकक्ष स्थापना गरेको छ । आमा र शिशुको स्वास्थ्यलाई मध्यनजर गर्दै अस्पताल परिसरमै स्तनपानकक्ष सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । सार्वजनिकस्थलमा आफ्ना शिशुलाई स्तनपान गराउन महिलाले असजिलो महसुस गर्ने र त्यसले आमा तथा बच्चाको स्वास्थ्यमा असर गर्ने भएकाले अस्पताल परिसरमै स्तनपानकक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट […]
सर्पदंश उपचार केन्द्रमा बिरामी चाप
डोटी, १ साउन । नेपाली सेनाले सुदूरपश्चिमका दुई ठाउँमा स्थानीय नागरिकका लागि खोलेको सर्पदंश उपचार केन्द्रमा हिजोआज बिरामीको निकै घुइँचो लाग्न थालेको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाको सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने सर्पदंशका बिरामीको घुइँचो लाग्न थालेको हो । सेनाको अस्पतालमा सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने ‘एण्टीस्नेक भेनम’ पर्याप्त मात्रमा […]
बाढीमा कसरि बच्ने सर्पको टोकाई र सरुवा रोगबाट?
अविरल वर्षाले देशका विभिन्न स्थानमा कहर निम्त्याइरहेका बेला चिकित्सक तथा विज्ञले प्रभावित क्षेत्रका मानिसलाई सर्पदंशदेखि पानीबाट सर्ने रोगबारे सजग रहन सुझाव दिएका छन्। खासगरी गर्मीयाममा सर्पको बिगबिगी हुने तराई क्षेत्रमै बाढीको प्रकोप देखिएकोले थप सतर्कता अपनाउनुपर्ने चिकित्सक तथा विज्ञहरू बताउँछन्। पर्याप्त सावधानी नअपनाए सर्पदंशका साथै पानीबाट सर्ने सरुवा रोगहरूको उच्च जोखिम रहने उनीहरूको भनाइ छ। […]
खानेकुराको यौन जीवनमा प्रभाब
यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला। सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ? जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ […]
“सम्पूर्ण योग” सार्वजनिक
भक्तपुर, २७ असार । योग सम्बन्धी ८८ वटा योगासन सहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको छ । भक्तपुरमा शुक्रवार एक कार्यक्रमकाबीच लेखक योगी राजनद्वारा लिखित पुस्तक “सम्पूर्ण योग” सार्वजनिक गरिएको हो । कार्यक्रममा पत्रकारत्रय सोम शर्मा बजगाई, रमेश गिरी, ऋषिकेश श्रेष्ठ त्यसैगरी युवा व्यवसायी गोकूल वन र पुस्तक लेखक योगी राजनले संयुक्त […]
जनकपुर अञ्चल अस्पताल जलमग्न, आकस्मिक कक्षमासमेत पानी पस्यो
जनकपुरधाम । निरन्तरको बर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम जलमग्न भएको छ । जनकपुर अञ्चल अस्पताल डुवानमा पर्दा अस्पतालको आकस्मिक कक्षमासमेत पनि पसेको छ । यस्तै, तीन दिनदेखि लगातार परेको वर्षका कारण जनकपुर चुरोट कारखानाभित्र रहेको मुख्यमन्त्रीको कार्यालय, मुरलीचोकस्थित संघीय प्रहरी कार्यालय डुबानमा परेको छ । भानुचोक, शिवचोक लगायतका मुख्य चोक जलमग्न भएको […]
वर्षाका कारण प्रदेशसभा भवन नै डुबानमा ! कोसी अञ्चल अस्पताल जलमग्न
विराटनगर । लगातारको वर्षाका कारण प्रदेश नम्बर १ को प्रदेशसभा भवन नै डुबानमा परेको छ । वर्षाका कारण जम्मा भएको पानी प्रदेशसभा भवन भित्र पसेर सभाहलमा ताल बनेको हो । प्रदेशसभा भवनसँगै विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण कोसी अञ्चल अस्पताल परिसर ताल बनेको छ भने नालाको पानी अस्पताल परिसरमा रहेको […]
तरकारी र फलफूलमा विषादीको प्रभाव कम गर्ने चार घरेलु उपाय
आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने तरकारी र फलफूलमा पनि विभिन्न विषादीका अवशेष हानिकारक तहमा रहेका विभिन्न अध्ययनहरूले देखाएका छन्। त्यस्ता विषादीको प्रभावबाट जोगिन घरभित्रै के गर्न सकिन्छ? प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका प्रमुख डिल्लीराम शर्माका सुझाव: पहिलो: वेगले खस्ने धाराको पानीमा तरकारी वा फलफूललाई तीनपटक सम्म राम्ररी पखाल्यो भने त्यसमा रहेको विषादी पखालिएर जान्छ। […]











