आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा ज्ञवाली

काठमाडौँ, १९ भदौ । नेपाल आयुर्वेद चिकित्सक संघले डा प्रकाश ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको भदौ १६–१७ गते भएको नवौँ राष्ट्रिय सम्मेलनले वरिष्ठ उपाध्यक्षमा डा सवरी साह, महिला उपाध्यक्षमा डा काशी खतिवडा, महासचिवमा डा मनोजकुमार चौधरी, सचिवमा डा नरेन्द्र गिरी, कोषाध्यक्षमा डा बुद्धि पौडेल चयन भएका छन् । प्रदेश उपाध्यक्षअन्तर्गत प्रदेश […]

नयाँ स्वास्थ्य नीति निर्धारण गर्न समिति गठित

काठमाडौँ, १५ भदौ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिति गठन गरेको छ । समितिका कार्यकारी उपाध्यक्षमा डा महेश मास्के तथा सदस्यमा डा बद्रीराज पाण्डे, डा शरद् वन्त, डा सेनेन्द्रराज उप्रेती, डा पदमबहादुर चन्द, डा वाइपी सिंह, दयालक्ष्मी वैद्य, डा वासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मी […]

अज्ञात रोगबाट ४२ बालबालिकाको अस्पतालमै मृत्यु

काठमाडौं, १५ भदौ । भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक सरकारी अस्पतालमा ४२ जना बालबालिकाको मृत्यु भएको छ । गत ४८ घण्टामा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल […]

अस्पतालमा ४८ घन्टामा ३६ बच्चाकाे मृत्यु

मान्छे विरामी पर्दा तत्काल अस्पताल लाने गरिन्छ । अापत्त विपतमा नजिक अस्पताल छ छैन भन्ने कुरा बढी हेरिन्छ । तर, अस्पताल पनि अब सुरक्षित छैनन् । भारतकाे एक अस्पतालमा ४८ घन्टाकाबीचमा ३६ जना बालबालिकाकाे मृत्यु भएकाे छ । भारत उत्तरप्रदेशकाे गाेरखपुरमा रहेकाे बाबा राघवदास मेडिकल कलेजमा यसरी बच्चाहरु भकाभक मृत्यु भएका हुन् । बीअारडी मेडिकल […]

यसरी घटाउनुहोस् ७ दिनमा ६ किलोभन्दा बढी तौल । सजिलो घरेलु उपाय

सबै मान्छेहरु आफू स्वस्थ र शारीरिक रुपमा फिट हुन चाहन्छन् । तर, हाम्रो जीवनशैलीका कारण त्यो सम्भव भइरहेको हुँदैन । धेरै मानिसहरु मोटाइ बढेका कारण निकै चिन्तित पनि भइरहेको पाइन्छ । मोटाइ घटाउन अनेक उपाय गर्दा पनि उनीहरु सफल भएका हुँदैनन् । कतिपय मानिसहरु मोटाइ घटाउन जिम जाने गर्दछन् । कतिपय योगा गर्दछन् भने कतिले […]

क्यान्सरपीडितलाई ५ लाख ८५ हजार सहयोग

पोखरा, १२ भदौ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको छ । आरुघाट–२ मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन गरिएको रकम क्यान्सरपीडित प्रियाकी आमा कन्यामाया गुरुङलाई आइतबार पोखरामा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया […]

हेपाटाइटिस ‘सी’विरुद्धको औषधि नेपालमै बन्याे

काठमाडौं । नेपालमा पहिलोपटक हेपाटाइटिस ‘सी’विरुद्धको औषधि उत्पादन सुरु भएको छ । म्याग्नस फर्माले पहिलोपटक हेपाटाइटिस ‘सी’ भएका बिरामीको उपचारमा प्रयोग हुने ‘सोफोसबिभिर’ औषधि ‘सोफुभिर’ नामबाट बजारमा ल्याएको जनाएको हो । म्याग्नसका बजार निर्देशक सुधीरप्रकाश मास्केले हेपाटाइटिस ‘सी’विरुद्धको औषधि नेपालमा बनाउनु ठूलो उपलब्धि र चुनौती भएको बताए । उनले भने, ‘हामीले हेपाटाइटिस ‘सी’विरुद्धको औषधि उत्पादन […]

के तपाईमा डिप्रेसनको समस्या छ ? एकचोटी यहाँ क्लिक गर्न नभुल्नुहोस्

एजेन्सी । के तपाइमा डिप्रेशनको समस्या छ ? नआत्तिनुहोस । डिप्रेसनको समस्या पत्ता लगाउन अब गुगलले तपाईलाई मदत गर्नेछ । वेव सर्च इन्जिन गुगलले चाँडै यो सेवा सुरु गर्न थालेको छ । गुगलले डिप्रेशनका बारेमा सर्च गर्नेलाई केही प्रश्न सोध्नेछ । त्यो प्रश्नको उत्तरका आधारमा गुगलले तपाई डिप्रेशनको शिकार हुनुहुन्छ कि हुनुहुन्न भन्ने पत्ता लगाउन […]

भरतपुर अस्पतालमा मिर्गौलाको डायलायसिस सेवा सुरु

चितवन, ११ भदौ । भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थपलियाले चितवन मेडिकल कलेजमा तीन पटक डायलासिस गरिएको बताउँदै आठ उपकरणमध्ये पाँच बिग्रिएपछि […]

वीपी प्रतिष्ठानको डीनमा डाक्टर झा

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डीन पदमा प्रा.डा. चन्द्रभुषण झा नियुक्त भएका छन् । एनाटोमी विभागका प्रमुख समेत रहेका झालाई प्रतिष्ठानको नियमावली, २०५५ बमोजिम ३ वर्षका लागि शैक्षिक डीन पदमा नियुक्त गरिएको प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले जनाएको छ । प्रतिष्ठानको गहनतम् जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै प्राप्त जिम्मेवारीलाई […]