पेट सफा गर्ने सजिलो घरेलु उपचार

काठमाडाैं । दिसा वा मलमुत्र त्याग राम्ररी भएपछि ज्यान हल्का हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो । तर, धेरैको समस्या के हुन्छ भने, दिसा गर्न गाह्रो हुने । बिहान शौच क्रियामा बसेपनि पेट सफा हुँदैन ।

यसले पेट भद्दा हुने मात्र होइन, रोग पनि निम्त्याउँछ । कब्जियत हुनुको पछाडि यस्तै कारण लुकेका हुन्छन् । त्यसैले मल त्याग गरिसकेपछि पेट सफा हुनु जरुरी छ । विशेषज्ञका अनुसार बिहान पेट सफा नहुनुको कारण हाम्रो खानपान र दिनचर्या हो ।

यदि हामी समयमा स्वस्थकर खाना खान्छौं भने कुनै औषधी नखाई पनि समस्या समाधान हुन सक्छ । सबैभन्दा महत्वपूर्ण कुरा राति सुत्नुभन्दा तीनघन्टा अगाडि नै खाना खाइसक्नुपर्छ । अन्यथा क्यालोरी बर्न हुन पाउँदैन ।

खानामा फाइवरयुक्त कुराहरु अत्यधिक सेवन गर्नुपर्छ । यसबाट आन्द्राको राम्रोसँग सफाई हुन्छ । यसका अलावा दिनभरीमा ८ देखि १० गिलास पानी पिउनैपर्छ । साथै, दैनिक योग र व्यायाम गर्नु पनि आवश्यक छ ।

कब्जियतको समस्या देखा पर्दा हेभी मेडीसिन्सको सेवन गर्नु भन्दा प्राकृतिक घरेलू उपचार प्रयोग गर्दा नकारात्मक असर हुने सम्भावना हुँदैन । चिकित्सकका अनुसार, यदी कब्जियतको कारण बिहान राम्रो सँग पेट सफा नहुँदा रातिमा केहि सामान्य घरेलू उपचार अपनाई हरेक बिहान ताजा महसूस गर्नुहोस् ।

कब्जियतको समस्या बाट मुक्ति पाउन के गर्न हुने र राती के गर्न नहुने यस्ता छन्, उपायहरू जानिराखौँ ।

के गर्ने ?

माटोको भाँडामा त्रिफला पाउडर भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यसको पानी छानेर पिउनुहोस् ।

सुत्नु भन्दा पहिले भिजाइएको अर्सीको पानी पिउनुहोस् र अर्सी चपाएर खानुहोस् ।

थोरै किशमिशलाई पानीमा भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यो पानी पिउनुहोस् र किशमिश खानुहोस् ।

दुधमा २/३ नेभरा उमाल्नुहोस् । राति सुत्नु भन्दा पहिले मनतातो दुध पिउनुहोस् र नेभारा खानुहोस् ।

सुत्नु भन्दा पहिले एक गिलास मनतातो पानीमा २ चम्मच एलोभेरा जेल घोलेर पिउनुहोस् ।

खानामा धेरै मात्रामा सलाद, हरियो सागपात र फाइबर भएको खाना समावेश गर्नुहोस् ।

माटोको भाँडामा त्रिफला पाउडर भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यसको पानी छानेर पिउनुहोस् ।

सुत्नु भन्दा पहिले भिजाइएको अर्सीको पानी पिउनुहोस् र अर्सी चपाएर खानुहोस् ।

थोरै किशमिशलाई पानीमा भिजाउनुहोस् । सुत्नु भन्दा पहिले यो पानी पिउनुहोस् र किशमिश खानुहोस् ।

दुधमा २/३ नेभरा उमाल्नुहोस् । राति सुत्नु भन्दा पहिले मनतातो दुध पिउनुहोस् र नेभारा खानुहोस् ।

सुत्नु भन्दा पहिले एक गिलास मनतातो पानीमा २ चम्मच एलोभेरा जेल घोलेर पिउनुहोस् ।

खानामा धेरै मात्रामा सलाद, हरियो सागपात र फाइबर भएको खाना समावेश गर्नुहोस् ।

के नगर्ने ?

खानामा धेरै मैदा र जंक वा प्रोसेस्ड फूड खानु हुँदैन । यसमा फाइबर हुँदैन जसले कब्जियतको समस्या हुन सक्छ ।

धेरै राती सम्म धुम्रपान र मध्यपानको सेवनले शरीरमा पानीको कमी भई कब्जियत हुन सक्छ ।

राती ढिलो चिया वा कफीको सेवनले पाचन प्रक्रिया खराब हुन् सक्छ । जसले गर्दा कब्जियतको समस्या देखा पर्छ ।

आइरन र क्याल्शियम सप्लीमेन्ट्स राती लिनु हुँदैन । यसको कारणले कब्जियतको समस्या हुन सक्छ ।

धेरै मात्रामा डेरी प्रोडक्ट लिनु हुँदैन । यसको सेवनले धेरै मानिसलाई कब्जियत र पेटमा ग्याँस बन्ने समस्या हुने गर्छ ।

कब्जियतको समस्या देखा पर्दा हेभी मेडीसिन्सको सेवन गर्नु भन्दा प्राकृतिक घरेलू उपचार प्रयोग गर्दा नकारात्मक असर हुने सम्भावना हुँदैन ।

यहाँ तपाईहरूलाई हामीले थप सम्बन्धित जानकारी पस्केका छाैँ ।

कब्जियत (constipation) भनेको के हो ?

दिसा समयमा नहुने वा हुँदा निकै बल गर्नु पर्ने अवस्थालाई कब्जियत (constipation) भनिन्छ । सामान्यतय हप्तामा कम्तिमा ३-४ पटकसम्म दिसा हुनुलाई राम्रो मानिन्छ । तर दिनहु दिसा हुनेलाई पनि कब्जियत हुन सक्छ । त्यसकारण Constipation को ब्याख्या व्यक्ति अनुसार फरक पर्न सक्छ ।

गलत खानपान, वोसोयुक्त खानेकुराको सेवन तथा पानीको कम सेवनका कारण कब्जियतको समस्या हुने गर्छ । कब्जियत भएमा पेट सफा हुँदैन र पेटको फोहर बाहिर निस्कदा मलद्वारमा पिडा हुने गर्दछ । धेरैले कब्जियतलाई सामान्य रुपम लिन्छन् तर समयमै उपचार नगरेको अवस्थामा आन्द्रा सम्बन्धी गम्भीर समस्या निम्त्याउने भएकाले समयमै सर्तक हुन जरुरी छ ।

कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्र्रिक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउन सक्छ । शरीरमा रेशेदार तथा फाइबरयुक्त खानेकुराको कमी भएमा कब्जियत हुने गर्दछ ।

त्यसैले, हामीले सेवन गर्ने खानामा यस्ता खानेकुरा सामेल गर्न जरुरी छ, जसमा भरपूर मात्रामा फाइबर पाइयोस्, विशेष रोगावस्था जस्तै आन्द्राको घाउ, ट्युमर, प्यारालाईसिस, मधुमेह, थाइराइडिजम, पराकिन्सन जस्ता समस्याबाहेक अधिकांश कब्जियतको मुख्य कारण अप्राकृतिक जीवनशैली हो।

कब्जियत हुँदाका लक्षण

१. दैनिक विहान दिसा खलाश हुने गरी नहुन, दिसा कडा हुनु, बारंबार दिसा हुनु ।

२. भोक नलाग्नु ।

३. पेट भारी हुनु, पेट फुल्नु ।

४. ग्यासको समस्या हुनु ।

५. दिशा खलास नहुनु, दिशा कडा र सुख्खा हुनु ।

६. आलस्य, चिडचिडापन हुनु, अनिद्रा हुनु ।

७. टाउको दुख्नु, वाकवाक लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु ।

उचित विहार

विहारको गडबडीले पनि कब्जियत हुन्छ । विहार भन्नाले हामीले शरिर हल्लाएर गर्ने सबै गतिविधि हुन् । त्यसैले विहार जहिले पनि उचित हुनुपर्छ ।

१.उठ्दा, बस्दा, उभिँदा, हिँड्दा, जुनसुकै काम गर्दा जहिले पनि ढाड खुकुलो सिधा राख्नुपर्छ । जसले सबैतिर रगत संचालन सुचारु हुन सहयोग पुग्छ । विहार अनुचित गरेमा ढाड दुख्ने, नशा च्यापिने जस्ता समस्या आउनुकासाथै पाचन कृयामा गडबडी भई कब्जियत हुन्छ ।

२. खाना छिटो छिटो खाने बानीले पनि कब्जियत हुन्छ । खाना छिटोछिटो खानाले खाना ¥यालसंग मुछिन पाउँदैन र पाचन कृया ढिला हुन्छ । फलस्वरुप खाना भित्रै अड्किन्छ ।

३. त्यसैगरी एउटा खाना र अर्को खाना खाने समयको अन्तर करिब ४ देखि ५ घण्टा हुनुपर्छ । वीचमा घण्टा घण्टामा पानी मात्र लिनुपर्छ । वीचमा अर्को खाना खाएमा पहिलेको खाना पनि पच्न पाउँदैन र पछिको खाना पनि पच्न सक्दैन र कब्जियत हुन्छ ।

३.सुत्ने र उठ्ने समय नमिल्नाले पनि कब्जियत हुन्छ ।

–बेलुकी खाना खाने वित्तिकै सुत्नु हुँदैन । खाना खाएको करिब एक–डेढ घण्टापछि मात्र सुत्नु पर्छ । खाना खाने वित्तिकै सुत्नाले खाना पच्न ढिलो हुन्छ ।

–बिहान ढिला उठेमा पनि पचेर बाहिर निश्कासन हुन तयार भएको मल निस्कासन हुन पाउँदैन त्यसैले बेलुकी दस बजे र बिहान पाँच बजे उठ्नु उत्तम हुन्छ ।

४. दिशा बस्दा गर्ने गतिविधिले पनि कब्जियत हुन जान्छ । दिशा गर्दा बल बलले गर्नु हुँदैन । बल गर्दा मलद्धारमा घाउ हुने जस्ता समस्या हुन्छ।

रोकथाम

१. प्रशस्त पानी पिउने बानी बसाल्नु पर्दछ ।

२. चाउचाउ, बिस्कुट जस्ता तयारी खाना र बोतलमा पाइने चिसो पेय पदार्थको साटो उसिनेको पदार्थ, कोदो, फापर, चना भटमासजस्ता पोषिला खानाका साथै मही, महपानी या सर्बत आदि खाने बानी बसाल्नुपर्दछ ।

३. काम र आरामको निश्चित तालिका बनाउनुपर्छ । आराम र श्रम नियमित र सन्तुलित बनाउनुपर्दछ । निश्चित समयमा काम गर्ने, निश्चित समयमा खाने र निश्चित समयमा आराम गर्ने बानी बसाल्नुपर्दछ ।

४. दिसा आउँदा रोकेर राख्नु हुदैंन र दिसा लाग्ने बित्तिकै तुरुन्तै सबै काम छाडेर दिसा जानुपर्दछ ।

५. धेरै कम्मर कसिलो गरी पटुका या पेटी कस्नु हुदैंन ।

६. धेरै सागपात, हरिया, तरकारी सलाद, फलफूल प्रशस्त खानुपर्दछ ।

७. भोकै उपवास या कोची कोची धेरै खाना खाने गर्नुहुदैंन ।

८. तारेको, भुटेको, मसलादार खाना र माछा, मासु, अण्डाजस्ता मांसाहार त्याग्ने ।

९. सेतो चामलको बदला ढिकीमा कुटेको रातो चामल, मैदा बदला चोकर सहितको मोटो, पीठो, चिनीको बदला गुड खाने बानी बसाल्नुपर्दछ ।

१०. बोक्रा फालेको सफा दालको सट्टा टुसा निकालेको या अङकुररित गरेको गेडागुडी खाने बानी बसाल्ने ।

११. खाना खाने बित्तिकै सुत्नु हुदैंन । खाना खाएको २।३ घण्टामा पाचन प्रक्रिया सकिएको हुन्छ र सुत्न जाने ।

१२. मनमा कुरा खेलाउने, चिन्ता लिने, रिसाउने, डराउने, तनावको अबस्थामा आराम गर्ने ।

घरेलु उपचार

१. सानो हर्रो घिउमा भुट्ने र पिसेर धुलो बनाएर १ चिया चम्चा, सुत्ने बेलामा मनतातो पानीसँग पिउनुपर्दछ ।

२. इसबगोलको भुसी एक चम्चा बिहान साँझ पानी, दूध या अरु झोल कुरासँग पिउने ।

३. राजवृक्षको गुदी ५ ग्राम र मुनक्का २० ग्राम मिलाएर चटनी जस्तो पिसी बिहान साँझ खानाले पनि पेट सफा हुन्छ ।

४. एक भाग हर्रो, दुई भाग बर्रो, चार भाग अमला मिलाएर चूर्ण बनाउने र एक एक चिया चम्चा बिहान साँझ मनतातो पानी सँग पिउने ।

५. अदुवा पानी खानाले पनि कब्जियतलाई भगाउँछ । – अम्बा तथा मेवाको सेबनले पनि दिसालाई नियन्त्रण गर्दछ ।

६. गाँजरको जूस दिनको एक गिलास खाली पेटमा तथा स्याउ खानु फाइदाजनक हुन्छ ।

७. १ चम्चा मह तातो पानीमा मिसाएर बिहान खाली पेटमा खाने ।

८. दिनमा दुई तीन कोसा पाकेको केरा खानाले वा एक चम्चा सुप र अदुवाको धुलोमा थोरै वीरेनुन मिसाई राती सुत्ने बेलामा मनतातो पानीसँग खानाले कब्जियत रोग ठिक हुन्छ ।

९. घिउकुमारीको गुदी १० ग्राम बिहान खाली पेटमा खाने गर्नुपर्दछ ।

१०. सानो हर्रो, सौंफ र मिश्री बराबर तौल लिएर पिसेर चूर्ण बनाई आवश्यकताअनुसार १ या २ चम्चा सुत्ने बेलामा खाएर पानी पिउने गर्नुपर्दछ ।

११. सुकाएर अमलालाई पिसेर बनाएर चूर्ण १ चम्चा बिहान साँझ खाना पछि खाने ।

१२. खाना खानु १–२ घण्टा पूर्व नै १–२ गिलास पानी पिउने । – तोरीको तेलले बिहान बेलुका मालिस गर्ने ।

१३. बिहानको समय ३–४ कि।मि हिंडडुल गर्ने ।

कब्जियत हटाउने यस्ता छन् उपाय

१. धेरै रेशायुक्त खानेकुरा खाने

आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ । तर दुधजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन्।

२. पानी धेरै पिउने

हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ ।

बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ।

३. व्यायाम

शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ।

४. नित्यकार्यका लागि बाथरुम जाने

कब्जियत छ भनेर शौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने ।
कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।

अरु कब्जियत कम गर्ने तरिकाहरु

१. राति चाँडै सुत्ने, बिहान ब्रम्ह मुहर्त (घाम झुल्किनु भन्दा ९६ मिनेटअगाडि देखि घाम झुल्किँदा सम्मको समय) भित्र उठिसक्ने। उठ्नेबित्तिकै १ लिटरजति मनतातो पानी पिउने बानीले कब्जियत नियन्त्रणमा सहयोग पुर्यािउँछ।

२. दैनिक ३० मिनेटको व्यायामलाई जीवनशैलीको अभिन्न अंग बनाऔँ। अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातःभ्रमण जस्ता क्रियाकलापले शरीर तथा पाचन प्रणालीलाई मजबुत राख्न सहयोग पुर्यााउँछ।

३. भोजनको समय निश्चित गरी उही समयमा मात्र भोजन गर्ने गरौँ। रातिको भोजन सकभर सूर्यास्त आसपासको समयमा होस्। भोजनलगत्तै सुत्ने बानी कब्जियतको मुख्य कारणमध्ये एक हो। भोजन गर्दा चपाइचपाइ खाने गराैं। भोजनको समयमा बातचित गर्ने, उठीउठी वा टिभी, कम्प्युुटर अथवा मोबाइलमा व्यस्त रहेर भोजन गर्नेहरूमा कब्जियत ज्यादा पाइएको छ।

४. खानामा मौसमी तथा स्थानीय (लोकल) अन्न तथा सागसब्जीको विशेष समायोजन होस्। सागसब्जी, सलाद तथा रेसादार फलफूलको समायोजनले कब्जियत नियन्त्रण गर्न सहयोग गर्छ।

५. मल त्यागको समयमा मनलाई पूर्ण रूपमा मल त्याग गर्नमा नै लगाऔं। शौचालयमा बसेर अखबार पढ्ने, गीतसंगीत सुन्ने तथा अन्य विषय सोच्ने गर्दा मस्तिष्कले मल त्याग सम्बन्धी सूचना सम्बन्धित अंगहरूलाई दिने बिलम्ब गर्ने हुुँदा कब्जियत हुने सम्भावना रहन्छ।

फलत

अंगहरूमा विषाक्त बढ्न गई महत्वूर्ण अंगहरूको कार्य क्षमतामा कमी आउँदा अनेक रोग देखिन सक्छ। पूर्वीय स्वास्थ्य विज्ञानहरूको मत अनुसार कब्जियतको कारणले उच्च तथा निम्न रक्तचाप, मधुमेह, मोटोपन, ग्यास्ट्रि्रक, अल्सर, आन्द्रा तथा पेटको क्यान्सर, इरिटेबल बवेल सिन्ड्राम, एसिडीटी, एपेन्डीसाइटिस, अपच, गुदद्वार खस्नु, डकार आउनु, चाया, पोतो, डन्डीफोर, आउनु, जोर्नी दुख्नु, हड्डी खिइनु, सुन्निएर विकृत हुनु जस्ता समस्या आउँछ ।

मानसिक समस्या जस्तै

डर, चिन्ता, खिन्नता, उदासिनता, अनिद्रा, यौनशक्तिको क्षय, प्रतिरक्षा प्रणालीको कार्यक्षमता गडबड हुनु, सर्दीले सताइ रहनु, ज्वरो, खोकी बल्भि्करहनु, मांसपेसी तथा नसा-नाडीहरु कमजोर हुनु, अन्तश्रावी ग्रन्थीहरुको कार्य सुुचारु नभएर हार्मोनको मात्रा घटवड भइरहनु लगायत समस्या पनि आउँछ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।