अन्तत: बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकहरु तयार, सरकारसँग दुई बुँदे सहमति

काठमाडौं । सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ । त्यस्तै दुई पक्षीय सहमतिमा ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले […]

त्रिवि सेवा आयोग सुधारको बाटोमा, ९ सय कर्मचारी भर्ना गर्ने तयारी

काठमाडौं, १० मङ्सिर, । उत्तरपुस्तिका सच्याएर र अनुत्तीर्णलाई उत्तीर्ण गरेर दुर्नाम कमाएको राष्ट्रकै जेठो प्राज्ञिक प्रतिष्ठान त्रिभुवन विश्वविद्यालयले आफूलाई सुधारको बाटोमा अघि बढाएको छ । विश्वविद्यालयले आफूलाई सुधार्ने सिलसिलामा विगतका अनुभवबाट पाठ सिक्दै परीक्षा प्रणालीमा सुधारका काम थालेको छ भने सेवा आयोगले पनि ‘डबल कोडिङ’ परीक्षा प्रणाली सुरु गरेको हो । आयोगले हाल सञ्चालन गरिरहेको […]

प्रधानमन्त्री ओलीलाई तीन दिन आइसियुमा राखिने

काठमाडौं, १० मंसिर। एपेन्डिसाइटिसको अपरेसनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइसियुमा सारिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन सकिएपछि प्रम ओलीलाई आइसियुमा सारिएको हो । प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन मंगलबार मध्यान्ह १२:४५ बजे सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर […]

डाक्टर रमेशसिंह भण्डारीको टोलीद्वारा प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेशन

काठमाडौं, १० मंसिर । एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन थालिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन थालिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन केहीबेरअघिबाट थालेको हो। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा दिव्या सिंहको टोली पनि अप्रेशन थिएटरमै रहेको […]

प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंका

प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंकाकाठमाडौैं १० मंसिर । स्वास्थ्य अवस्था विग्रिएपछि त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरमा भर्ना पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले एपेन्डिसाइटिस भएको आशंका गरेका छन् । प्रारम्भिक परीक्षणबाट एपेन्डिसाइटिसको ‘सिन्टोमहरु’ देखिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरका एक चिकित्सकले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अहिले पनि […]

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ १० मंसिर । केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘प्रधानमन्त्री नियमिति चेकजाँचका लागि गएका थिए । चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि […]

सिभिल हस्पिटलका डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनौठो गरि गायव

काठमाडौं । सिभिल हस्पिटलका एक डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनाैठाे तरिकाले गायव भएको छ । व्यापक खाेजि गर्दा पनि प्रहरीले उक्त गाडीलाई भेट्टाउन सकेको छैन । प्रहरीले काठमाडौंका सबै नाकामा खोजी गरिरहेको बताएकाे छ ।  बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको […]

मिस नेपाल शृंखला खतिवडाको पहलमा विकट गाउँमा बनेको स्वास्थ्य चौकी हस्तान्तरण

हेटौँडा ८मंसिर । मिस नेपाल २०१८ शृंखला खतिवडाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिकामा बनेको स्वास्थ्य चौकी शुक्रबार हस्तान्तरण भएको छ। मकवानपुरको कर्णाली मानिने कैलाश गाउँपालिका ७ ताम्लाङमा मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि ब्युटी अफ दी प्रपोज’को रूपमा खतिवडाले ताम्लाङमा ङिको स्वास्थ्य चौकी निर्माण सुरु गरेकी थिइन् । ५५ लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकीको […]

२३ नेपाली श्रमिक विदेशी अस्पतालको कोमामा

काठमाडौ, ६ मंसिर । वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका २३ जना नेपाली श्रमिक कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । सरकारले गत आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा विभिन्न कारणले अचेत अवस्थामा कोमामा उपचाररत बिरामीलाई नेपालमा ल्याएर उपचार गर्ने उदघोष गरेको थियो । बोर्डका अनुसार विदेशका विभिन्न अस्पतालका कोमामा २८ जना नेपाली उपचाररत थिए […]

अढाई लाखलाई दादुरा, ५००० हजार बढि ले गुमाए ज्यान

काठमाडौं ६ मंसिर। अफ्रिकी राष्ट्र कङ्गोका अढाई लाख मानिसमा दादुराको संक्रमण देखा परेको छ भने ५ हजारले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा मात्र अढाई लाख मानिसमा दादुराको संक्रमण देखा परेको छ । जसमा ५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । केही समयअघि इबोलाको चपेटामा परेको कङ्गो यसबर्ष दादुराको चपेटामा […]