सरसफाइ अभावमा दैनिक चार बालबालिकाले गुमाउँछन् ज्यान

काठमाडौं, ४ मंसिर । नेपालमा सरसफाइ अभावमा दैनिक औसत चार बालबालिकाले ज्यान गुमाउने गरेको पाइएको छ। सातौं विश्व शौचालय दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले नेपालमा सरसफाइ अभावमा वार्षिक १४ सय ५ वर्ष मुनिका बालबालिकाको ज्यान जाने गरेको बताए। उनका अनुसार सन् २००० मा वार्षिक १० हजार […]

मरेको कुखुरा खाँदा एकै परिवार नौ बिरामी एकको मृत्यु

बैतडी, ३ मंङसिर । मरेको कुखुरा खाँदा बैतडीको पुरचौडी नगरपालिका २, महादेवस्थानमा एकै घरका नौ जना सिकिस्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । स्थानीय छिमेकीको घरमा मरेको कुखुरा ल्याएर खाँदा १५ वर्षिया पुष्पा बोहराको मृत्यु भएको छ । सिकिस्त हुनेमा पार्वती पार्की ७० वर्ष, गोमती पार्की ३३, राकेश पार्की, ८ वर्ष, जानकी […]

ज्येष्ठ नागरिकलाई उपचार पाउनै मुस्किल

जाजरकोट, २ मङ्सिर । नलगाड नगरपालिका–८ मंसिरीका ६१ वर्षीय रामबहादुर पुनलाई स्वास्थ्य संस्था पुग्न छ घण्टाभन्दा बढी समय लाग्छ । भिरालोसँगै अप्ठ्यारो बाटोमा उहाँलाई दिनभरि हिँडेर स्वास्थ्य संस्था पुग्न लाग्ने समयले उपचार सम्भव नभएको उनको गुनासो छ । समयमै स्वास्थ्य संस्था नपुग्दा उपचार हुँदैन उनले भने, “१० देखि ४ बजेसम्म नपुगे डाक्टर भेटिंदैनन्, फेरि भोलिपल्ट […]

एचआइभीका नयाँ संङ्क्रमित थपिने क्रम जारि

चितवन, २ मङ्सिर । सन् २०१९ को १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका […]

क्यान्सर अस्पतालमा आजदेखि विस्तारित स्वास्थ्य सेवा

 चितवन, १ मङ्सिर । क्यान्सर रोगको उपचार गर्न यहाँ आउने जो कोहीले आजबाट पालो नपाएर निजी अस्पताल धाउनु नपर्ने भएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आजदेखि विस्तारित स्वास्थ्य सेवा शुरु गरेसँगै साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने भएका छन्। अस्पतालको नियमति सेवामा बिरामीको चाप हुँदा पालो नपाएर […]

दुर्गमका गर्भवतीका लागि भगवान् बन्दै राष्ट्रपति उद्धारकोष

जाजरकोट, १ मङ्सिर । कर्णाली प्रदेशको जाजरकोट, डोल्पालगायतका जिल्लामा अझै सडक सञ्जाल गाउँगाउँमा नजोडिएका कारण यहाँका अधिकांश गर्भवतीको हवाई सेवामार्फत उद्धार गरी ज्यान बचाउँदै आइएको छ ।सुविधासम्पन्न स्वास्थ्य संस्थादेखि भएका स्वास्थ्य संस्थामा आवश्यक उपकरण नहुँदा यहाँका अधिकांश गर्भवतीको हवाईमार्गबाट उद्धार गरी ज्यान बचाउने काम महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धारकोषको आर्थिक सहयोगमा हुँदै आएको छ […]

रत्ननगरले विपन्न समुदायको बीमा ग¥यो

चितवन, २९ कात्तिक । रत्ननगर नगरपालिकाले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने विपन्न समुदायको बीमा गरेको छ । आजबाट लागू हुने गरी सात वडाका विपन्न परिवारको जीवन र जनधनको बिमा गरिएको हो । नगरप्रमुख नारायण वनका अनुसार वन्यजन्तु र दुर्घटना जुनसुकै कारणले र जुनसुकै ठाउँमा बीमा गरेका व्यक्तिको निधन, घाइते वा अङ्गभङ्ग भएमा बिमा भुक्तानी गरिनेछ । […]

तेह्र दिनकी सुत्केरी महिलाको दुवै मिर्गौला फेल, नवजात शिशुको बिचल्ली

पर्वत, २९ कात्तिक । पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरी महिलाको दुवै मिर्गौला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी स्थानीय २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएको हो । शल्यक्रिया गरेर बच्चा निकालेको १८ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा […]

सुविधा सामुदायिक एकाइ स्थापना

बेत्रावती, २८ कात्तिक । नुवाकोटको लिखु गाउँपालिका–६ थानसिंहमा स्वास्थ्य एकाइ कार्यालय सञ्चालनमा आएको छ । लिखु गाउँपालिकाको सामाजिक विकास शाखामार्फत ‘सुविधा सामुदायिक एकाइ’ले बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको स्वास्थ्य सुधारमा सेवा पु¥याउने स्थानीय सरकारको लक्ष्य कार्यान्वयनअन्तर्गत स्वास्थ्य एकाइ कार्यालय शुरु गरिएको गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार एकाइलाई सुविधा सम्पन्न […]

नवजात शिशु बचाउनका लागि ‘सुसार’ कार्यक्रम

धनगढी, २७ कात्तिक । मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार गरी शिशु मृत्युदर घटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा ‘सुसार‘ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र क्यानाडाको ‘गोल्डेन कम्युनिटी’ को सहयोगमा यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको प्रादेशिक अस्पताल धनगढीसहित डडेल्धुरा अस्पतालमा समेत कार्यान्वयन हुन लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । […]