अमेरिका, ८ पुस। अमेरिकाको खाद्य तथा औषधि विभागले पहिलोपटक खतरनाक इबोला भाइरस विरुद्धको सुई स्वीकृत गरेको छ । विभागले ‘एर्भेभो’ नामक सो सुई स्वीकृत भएको घोषणा गरेको हो जसलाई मेरेक कम्पनीले निर्माण गरेको हो । यसले १८ वर्ष भन्दा माथि उमेरकालाई ‘जेर इबोलाभाइरस’ का कारण हुने ‘इबोला भाइरस डिजिज, इभीडी’ बाट जोगाउन सक्ने विभागले आफ्नो […]
स्वास्थ्य
भक्तपुरका अधिकांश औषधी पसल अबैध रूपमा सञ्चालन
भक्तपुर । भक्तपुर नगरपालिकाले कमलविनायक क्षेत्रमा गरेको औषधि (फार्मेसी) पसलको अनुगमनमा अधिकांश औषधि पसलहरु अवैधरूपमा सञ्चालन भएको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक र च्याम्हासिंह क्षेत्रमा भएको औषधि पसलहरुको अनुगमनमा अधिकांश औषधि पसलहरु दर्ता तथा नवीकरण नगरी अवैधरूपमा सञ्चालन भएको पाइएको हो । अनुगमनमा हेलो जनस्वास्थ्य फर्मा, विनायक फार्मेसी, […]
नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न
भक्तपुर, २९ मङ्सिर । ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार रक्तदान कार्यक्रम गरिएको हो ।कमलविनायक स्थित सरस्वती बिद्यागृह माविको प्राङ्गणमा सम्पन्न भएको खुला रक्तदान कार्यक्रममा छब्बीस जनाले रक्तदान गरेका नेपाल मानवअधिकार संगठन जिल्ला शाखा भक्तपुरका सभापति रामकृष्ण मानन्धरले बताए । उनले […]
बालबालिका तपाइका भविष्य हुन, बच्चालाई कस्तो खाना, कति र कसरी खुवाउने
काठमाडाैं । ६ महिना पुरा भएपछि बालबालिकालाई आमाको दूधबाट मात्र पोषक तत्वहरु पुग्दैन । त्यसैले ६ महिना पुरा भएका बालबालिकाहरुलाई आमाको दूधसँगै थप खाना पनि खुवाउनुपर्छ । बालबालिकालाई थप खाना खुवाउँदा उसको उमेर, पटक, मात्रा, बाक्लोपन, सरसफाई र सक्रियता समेतमा पनि ख्याल गर्नुपर्छ । कति उमेरकालाई के खुवाउने ? ६ देखि ९ महिनासम्मः ६ देखि […]
तनावबाट छुटकारा पाउन यी १५ अचुक उपाय
व्यस्त जीवनशैली र कामका चापका कारण पछिल्लो समय मानिसहरु तनावमा परिरहेका छन् । तनाव धेरै सयम लिने गर्नु भएको छ भने यो पछि गएर ठूलो समस्या बन्न सक्छ । तनावले गर्दा डिप्रेसन लगायतका विभिन्न मनोवैज्ञानिक तनाव हुन सक्छ । त्यसैले तनाव विसर्जनको वा तनावलाई अन्त्य गर्ने उपाय तिर लाग्नुहोस् । त्यसका लागि केही उपाय हामीले […]
१० दिन उपचार गराउँदा ओलीको खर्च साढे २ लाख
काठमाडौं २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो । यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको […]
गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र बाहिरिएपछि विवाद उत्पन्न
भक्तपुर, २० मङ्सिर । पोखराको गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र आउट भएको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्। क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गराउन एमबीबीए पहिलो वर्षको पारिक्षाको प्रश्नपत्र आउट गरेको हो। आन्दोलनरत विद्यार्थीक अनुसार प्रश्नपत्र बाहिरिएपछि विद्याथी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्तिएको हो । […]
रेडक्रसद्वारा पचालझरना गाउँपलिकालाई स्वास्थ्य उपकरण हस्तान्त्ररण
कालिकोट। कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा रेडक्रसले आबश्यक स्वास्थ्य औजार तथा उपकरणहरु उपलब्ध गएको छ । गाउँपालिकाका प्राथामीक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुका लागि आवश्यक स्वास्थ्य औजार र उपकरणहरु हस्तान्तरण गरेको हो । नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगन्जको सहयोग र नेपाल रेडक्रस सोसाइटी कालिकोटको समन्यवमा स्वास्थ्य […]
एमबिबिएसका विद्यार्थीले गरे पहिलो वर्षको परीक्षा बहिस्कार
काठमाडौँ १९ मंसिर । पाँच मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, जानकी मेडिकल कलेज र गण्डकी मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका हुन्। चितवन, युनिभर्सल, जानकी र नेसनल मेडिकल कलेजका विद्यार्थी परीक्षा हल गएनन् भने गण्डकी मेडिकल कलेजका […]
नाफाका लागि खोलिएका निजी क्लिनिकमा चलाउने बेथितिको अब अन्त्य:मन्त्री ढकाल
भक्तपुर १७ मंसिर,। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताए । अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँगको छलफलमा डाक्टरले […]











